Saturday, June 8, 2024
Homeखेलकुदघोराहीमा मेयरकप फुटबल प्रतियोगिता शुरू

घोराहीमा मेयरकप फुटबल प्रतियोगिता शुरू

- Advertisement -spot_img
घोराही, २१ पुस । घोराहीमा मेयरकप फुटबल प्रतियोगिता शुरू भएको छ । शुक्रबारबाट शुरू भएको छैठौं संस्करणको मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १४ र उपविजेता वडा नम्बर १४ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेर शुरूवात गरेका छन् । घोराही–१८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा दुवै गोल दोस्रो हाफमा भएको थियो । वडा नम्बर १३ ले गोल गर्दै अग्रता बनाए पनि खेलको इन्जुरी समयमा वडा नम्बर १४ का खेलाडीले गोल गरेपछि हारबाट बच्दै दुवै टीमले १–१ अंक बाँडेका छन् ।
यसैगरी, दोस्रो खेलमा वडा नम्बर १५ ले वडा नम्बर ४ लाई ३–० गोलले हराउँदै विजयी शुरूवात गरेको छ । पहिलो हाफमा २ गोल गरेको वडा नम्बर नम्बर १५ ले दोस्रो हाफमा थप एक गोल गर्दै ३ अंक जोडेको छ । घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको अध्यक्षता तथा नगरप्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यमा भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि चौधरीले खेलमा पालिकाले एक वडा एक खेल मैदान, स्वस्थ युवा बनाउने अभियानलाई सफल बनाउन पालिकामा तालिका बनाएरै हरेक प्रकारका खेलकुदका गतिविधि शुरू गरेको बताए । उनले युवाहरूलाई खेलकुदमा जोड्दै उनीहरूको खेल क्षमताको विकास गर्न र खेल क्षेत्रलाई व्यावसायिक बनाउने नीतिलाई अघि सारेर हरेक वर्ष मेयर कप थालनी गरिएको बताए ।
लिग कम नक आउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । चार समूहमा विभाजन गरिएको खेलमा हरेक दिन तीनवटा खेल हुनेछ । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने भएको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here