Friday, September 6, 2024
Homeसमाजबसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

- Advertisement -spot_img

दाङ, १७ पुस । दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर–१८ दुधरासमा बसको ठक्करबाट तुलसीपुर–१७ झिङ्गैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर–१८ जनकल्याण माध्यमिक विद्यालयबाट घर फर्कदै गर्दा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको गरेको भे १ ख ३६९७ नम्बरको बसले सोमबार दिउँसो ४ बजेतिर ठक्कर दिँदा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । घटनापछि मृतक बालकका आफन्तले बस तोडफोड गरेका छन् ।

यसैबीच बाँकेको नेपालगञ्जमा आइतबार राति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदोमा सु–प–प–०१००१ च ३४६४ नम्बरको स्कारपियोले राति पैदल हिडिरहेका तीनजनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएकी नेपालगञ्ज– १३ कि २४ वर्षीया आस्था शाह र बर्दियाको राजापुर नगरपालिका–१० का २५ वर्षिय मायाराम चौधरी रहेको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । दुर्घटनापछि उद्धार गरी उनीहरूलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो । त्यही उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परी नेपालगञ्ज– १३ कि २५ वर्षिया साहना शाह घाइते भएकी छन् । उनको सोही मेडिकल कलेजमा उपचार जारी छ । चालक कैलालीको लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकपनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

चालकले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको डिएसपी डाँगीले बताए । चालक कैलाली लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘मदिराले मातेका चालकले तीव्र गतिमा हाँकेको स्कारपियो अनियन्त्रित भई सडकमा हिडिँरहेका पैदल यात्रुलाई ठक्कर दिएको कुरा अनुसन्धानबाट खुलेको छ’ उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here