Tuesday, April 30, 2024
Homeराजनीतिनिर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन अधिकृतको कार्यालय स्थापना

- Advertisement -spot_img

दाङ, १७ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराही उपमहानगरपालिका–१५ स्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनित एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि दुई सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत कृपासुर कार्की, लुम्बिनी प्रदेश निर्वाचन कार्यालय प्रमुख लक्ष्मीदत्त कलौनीलगायको उपस्थिति थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here