Monday, April 29, 2024
Homeमुख्य खबरनाकाबाट पाँच सय महिला तथा बालबालिका फिर्ता

नाकाबाट पाँच सय महिला तथा बालबालिका फिर्ता

- Advertisement -spot_img

दाङ, १६ पुस । माइती नेपाल, नेपालगञ्जले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५०९ जनालाई नाकाबाट फिर्ता पठाएको छ । एक वर्ष (२०२३) को अवधिमा माइती नेपालले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान थालेका ५०९ जना महिला तथा बालबालिकालाई नाकाबाट फिर्ता पठाएको हो ।

माइती नेपालले आइतबार नेपालगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रामा निस्केका र नाकाबाट फिर्ता पठाइएका ५०९ जनामध्ये १८ वर्षमुनिका बालिका १८२ जना रहेको जानकारी दिए ।

जोखिमपूर्ण यात्राबाट घर फिर्ता पठाइएकामा बाँकेका ८२ जना, बर्दियाका ५३ जना, सुर्खेतका ६० जना, दाङका ५५ जना, सल्यानका ३६ जना, दैलेखका ३० जना, जाजरकोटका २७ जना, रूकुमका २० जना, रोल्पाका १९ जना, कैलालीका १६ जना, जुम्लाका १४ जना रहेका छन् ।

यो नाकाबाट पूर्वी जिल्लाका महिला तथा बालबालिकालाई समेत भारत तथा तेस्रो मुलुकमा लैजाने गरिन्छ । जसमा चितवनका ७ जना, सिन्धुपाल्चोकका ३ जना, मकवानपुरका ५ जना, सिन्धुलीका २ जना, तनहुँका १ जना, अर्घाखाँचीका १ जना, ताप्लेजुङका २ जना, धादिङका ८ जना, इलामका १ जना, सुनसरीका २ जना, गुल्मी र स्याङ्जाका १÷१ जनालाई फिर्ता पठाइएको छ ।

माइती नेपाल, नेपालगञ्जमा यो वर्ष ६ सय ६२ वटा खोजतलास तथा उद्धारका लागि निवेदन परेको छ । त्यसमा २ सय ७८ जना फेला परेका छन् । खोजतलासको निवेदनमा २ सय ८४ जना १८ वर्षमुनिका बालिका रहेका छन् । संयोजक कोइरालाले सामाजिक सञ्जालको दुरूपयोग गरेर महिला तथा बालबालिका जोमिखपूर्ण यात्रामा निस्किने घटना बढेको बताए । सामाजिक सञ्जालको दुरूपयोग रोक्नका लागि स्कुल र कलेज तथा जोखिमपूर्ण यात्रामा बढी निस्केका गाउँ टोलमा गएर सचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here