Saturday, March 15, 2025
Homeसम्पादकीयकिसानका समस्या समाधान गर

किसानका समस्या समाधान गर

- Advertisement -spot_img

सम्पादकीय
नेपाल कृषि प्रधान देश हो । आधाभन्दा बढी जनसंख्या कृषिमा आत्मनिर्भर रहेको छ । कृषि उत्पादनका हिसावले पनि खेतीयोग्य जमिन छ । तर परम्परागत कृषि खेतीका कारण किसानको जीवनस्तर उठ्न सकेको छैन् । व्यावसायिक कृषि नहुँदा किसानले भनेजस्तो लाभ लिन सकेका छैनन् ।

विगतका वर्षभन्दा पछिल्लो समय आवश्यक प्राविधिक ज्ञान लिने किसानको संख्या बढ्दै गएको छ । तर सबै किसान आवश्यक प्राविधिक ज्ञानको पहुँचमा छैनन् । कुन माटोमा कति उत्पादन लिन सकिन्छ ? खेतीपाती गर्नु अघि माटोको परिक्षण गर्ने गरिएको छैन् । कृषि उत्पादनमा समस्या देखिए पनि प्राविधिक ज्ञान लिन किसानलाई सकस हुने गरेको छ । प्राविधिक पहुँचमा नहुँदा कृषि खेतीमा क्षति व्यहोर्नुपरेको छ ।

कृषिबाट नै आर्थिक समृद्धि सम्भव छ । आर्थिक विकासका लागि कृषिभन्दा अरूको विकल्प छैन् । कृषिबाटै आर्थिक समृद्धि खोज्न गरिएका प्रयास निकै कम छन् । देशमा संघीयता लागू भएपछि देशमा तीन तहका सरकार छन् ।

किसानको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले किसानका समस्यालाई नजिकबाट हेर्ने गरेको छ । कतिपय स्थानीय सरकारले उदाहरणीय काम पनि गरेका छन् । तर धेरै स्थानीय सरकारले कृषिबाट आर्थिक समृद्धि खोज्ने कुरा कागजमै सीमित गर्ने गरेका छन् । व्यवहारिक रूपमा लागू नहुँदा किसानले भने जति लाभ लिन सकिरहेका छैनन् । किसानले पाउनुपर्ने मल बीउदेखि आवश्यक कृषि प्राविधिक ज्ञान समयमा नपाउँदा समस्या हुने गरेको छ ।

परम्परागत कृषिबाट व्यावसायिक कृषिमा रूपान्तरणको विकल्प छैन् । किसानलाई आवश्यक कृषिसम्बन्धी प्राविधिक ज्ञानदेखि मल बीउको पर्याप्ततामा राज्यको ध्यान पुग्नुपर्छ । राज्यले चासो नदिँदा कतिपय किसान पेशाबाट पलायन हुन थालेका छन् । ठूलो लगानीमा कृषि उपज उत्पादनमा लागेकाहरू आवश्यक सहयोग प्राप्त नगर्दा निराश हुने स्थिति आउन दिनुहुँदैन् । कृषिबाटै धेरै सम्भावना देखिएको हुँदा राज्यले कृषिमा देखिएका समस्याको पहिचान गरी समाधानमा जोड दिनुपर्छ । राज्यको उचित सहयोग पाएपछि किसानलाई पनि हौसला मिल्नेछ । सल्यानको कपुरकोट गाउँपालिकाले कृषि ल्याव स्थापना गर्ने तयारी गरेको छ । यस्तैगरी अन्य पालिकाले पनि कृषि क्षेत्रमा देखिने समस्या समाधानका लागि जोड दिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here