Wednesday, September 11, 2024
Homeमुख्य खबरएनसेलविरूद्ध प्रदर्शन

एनसेलविरूद्ध प्रदर्शन

- Advertisement -spot_img

तुलसीपुर, १४ पुस । मानवअधिकार तथा शान्ति समाजले एनसेल महाघोटालाविरूद्ध दाङमा प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङ, घोराहीको मुख्यद्वारमा शान्तिपूर्ण प्रदर्शन गरेको हो । एनसेल महाघोटाला प्रकरणः देशलाई झण्डै ३ खर्ब रूपैयाँ हानि पु¥याउने चलखेल राज्यविरूद्धको अपराध हो भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसीले जानकारी दिए ।

विश्वसनीय न्यायिक छानविन आयोग गठन गर, एनसेल महाघोटाला प्रकरणमा संलग्न प्रधानमन्त्री/पूर्वप्रधानमन्त्रीलगायत जो कोही हुन, कानून सम्मत कारबाही गरलगायत लेखिएका प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको हो ।

त्यस्तै भ्रष्टाचारको धमिराले लोकतन्त्र खाईसक्यो, शीर्ष नेताको नयाँ धामः भ्रष्टाचारको सिंगापुर आयाम, भ्रष्टाचारमा शुन्य सहनशीलता केवल नाराः देशलाई खर्बौ नोक्सान पार्ने शीर्ष नेताको पारालगायतका प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको थियो । विरोध प्रदर्शन कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपाली, जीवा भुसाल लगायतले सम्बोधन गरेका थिए ।

शाखाका सभापति कोमल डिसीको सभापतित्वमा जिल्ला प्रशासन कार्यालय दाङ घोराहीको मुलद्वार अगाडि भएको विरोध प्रदर्शनमा निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सदस्य तुलसीराम सुनार, शाखा सचिव अमृत प्रसाद शर्मा, कोषाध्यक्ष यज्ञ विक, सदस्य माधव बस्नेत, रजनी शाह र निर्मला गौतम, जीवा भुसाल, पूजा योगी, पूर्णनाथ योगी, सीता विक लगायतको सहभागिता थियो । शान्ति समाजले भ्रष्टाचारविरूद्ध विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएको छ भने राजधानी काठमाडौँमा गिरफ्तारीसमेत भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here