Monday, November 11, 2024

गुरू

- Advertisement -spot_img

आफु रित्तिएर आनन्द दिने
लिने अनौठो लाग्ने तिमी
गाग्रो खाली भरियोस् भन्दै
पूर्णताको कामना गर्ने सधैं तिमी

ज्ञानी विद्वान् छौ र त सिक्छांै
सधैं जिज्ञासु बालक झैँ तिमी
गुणवान छाँै सकारात्मक ज्ञान
सोंचेर राख्छौ भकारीमा तिमी

तिम्रा त्याग देखेर दुनियाँले
त्याग सिक्न सधैं झुक्छन्
तिम्रा विचार लक्ष्य नीति सामु
स्वार्थीहरूका शिर झुक्छन्

गुरू संस्कृति ज्ञान विज्ञान
सिर्जना हौं शिष्यहरूका तिमी
ज्ञान शिक्षाको ज्योति मात्रले
सार्थक मानव बनाउने तिमी

तिमी जलि धपधपि ज्ञानगंगाको
आभाष शिष्यलाई गराउने तिमी
शिष्यहरूमा उर्जा भरि हरक्षण
तत्पर उठाउन माथि तिमी

तिम्रा सद्विचार धर्म–कर्म सोपान
गर्न शिर सबैका झुक्दछन्
गुरू तिम्रा अतुलनीय ज्ञानका
सामु जोख्ने तुला पनि लुक्दछन्

अचेतनका चेतना हौं गरिमा सद्भाव
प्रेम जागृत गराउने तिमी
प्यासीहरूका मानव जीवनको
महत्व तृषणा मेटाउने तिमी

मानव जीवनमा प्राप्त सार्थक कला
अनुभूति गराउने कलाकार तिमी
तिम्रो महत्व त्यसै बढेको होइन
शिष्यका ब्रह्मा विष्णु महेश तिमी

दुई अक्षरको शब्द गुरू अन्धकारबाट
उज्यालो तर्फको शिखर तिमी
शिष्यहरूको दुखाइ बुझी काँध थापी
सुरक्षा दिने अलौकिक तिमी

जगत् जागरण तिम्रो लक्ष्य बन्यो
अज्ञानीका हौं अन्तरयामी
काम क्रोध लोभ मोह मात्षर्य मानवलाई
बोध गराउने सबैका स्वामी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here