Wednesday, May 1, 2024
Homeसमाजकालिमाटीमा लोकगायन, नृत्य प्रतियोगिता

कालिमाटीमा लोकगायन, नृत्य प्रतियोगिता

- Advertisement -spot_img

सल्यान, १३ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा मौलिक लोक गायन र नृत्य प्रतियोगितासँगै सोरठी र पैसरी नाच प्रवद्र्धन कार्यक्रम भएको छ । नवप्रतिभाहरूलाई पहिचान गर्दै लोक ायन र नृत्यको क्षेत्रलाई विकास गर्न र लोप हुने अवस्थामा पुगेका सोरठी पैसरीलगायतका मौलिक लोककला, संस्कृतिको संरक्षण, सम्बद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पालिकास्तरीय सम्मेलन गरिएको हो ।

गाउँपालिकाका सातवटै वडाहरूबाट सम्मेलनमा प्रदर्शनी भएको थियो भने वडास्तरबाट छनौट भएर आएका लोक गायन र नृत्यका प्रतियोगीहरूले धान्य पूर्णिमामा लाग्ने कालिमाटी मेलाको अवसरमा आयोजित कार्यक्रममा आ–आफ्नो प्रस्तुति राखेका थिए । गायनतर्फ एक्स डिसी पहिलो, धन बहादुर घर्ती दोस्रो, कल्पना वली तेस्रो र प्रतिक्षा राना सान्त्वना भएको कार्यक्रम संयोजक शान्तराम सेन्चुरीले बताए ।

यस्तै नृत्य प्रतियोगितातर्फ मिस्मा घर्ती, रूपा खनाल, पूजा विक र जुना रेउले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार रूपैयाँ नगद पुरस्कारसँगै प्रमाणपत्र प्रदान गरिएको सेन्चुरीले जानकारी दिए ।

सम्मेलनमा कालिमाटी गाउँपालिकाभित्रका नौवटा र दाङको बबई गाउँपालिकाको एक समूह गरी दशवटा समूहले सोरठी तथा पैसरी नाच प्रदर्शन गरेका थिए । उनीहरूलाई सम्मानसँगै प्रोत्साहन स्वरूप गाउँपालिकाभित्रका समूहलाई प्रतिसमूह चार हजार र पालिका बाहिरको समूहलाई दुई हजार रूपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

लोक गायन तथा नृत्य प्रतियोगितामा वरिष्ठ कलाकार प्रेमदेव गिरीसँगै कलाकारहरू टिका सानु, शान्तराम सेन्चुरी, शेखर घर्ती मगर, अर्जुन रोका मगरले मूल्यांकन गरेका थिए । एचआर मिडिया हाउसको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । विकट गाउँबस्तीका मौलिक संस्कृति लोप हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त भइरहेको हुँदा संस्कृति पहिचान गर्न गाउँपालिकाले लगानी गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।

पछिल्ला पुस्ताहरू मौलिक कला संस्कृतिलाई भुल्दै पश्चिमा संस्कृतितर्फ आकर्षित भइरहेको बेला लोककला, संस्कृति र मौलिकताको महत्व बुझाउन र यस्ता कला संस्कृतिको संरक्षणमा टेवा पु¥याउन कालिमाटी गाउँपालिकामा सम्मेलन आयोजना गरिएको एचआर मिडिया हाउसका एचआर मगरले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here