Friday, January 24, 2025
Homeसम्पादकीयआँखाको उपचारमा सजक बनौं

आँखाको उपचारमा सजक बनौं

- Advertisement -spot_img

सम्पादकीय
भनिन्छ आँखा छैन् त संसार नै छैन् । जीवित प्राणीका लागि सबै अंग नै अपरिहार्य छन् । अझ मानव जातिका लागि आँखा बढी संवेदनशील अंग हो । शरीरका अरू अंगजस्तै आँखा पनि महत्वपूर्ण अंग हो । तर आँखाको स्वास्थ्यबारे खासै चासो दिने गरेको देखिदैन् ।

ग्रामीण भेगमा त झन् अझ आँखाको उपचार झारफुकबाट गर्ने गरिएको छ । अनि अन्तिम समयमा आँखाको उपचार जटिल अवस्थामा पुग्ने गर्दछ । कतिपयको सानो लापरबाहीले आँखाको ज्योति नै गुमेका घटना पनि छन् भने कतिपयको उपचार निकै जटिल अवस्थामा हुने गरेको छ । जनचेतनाको कमी, आँखा अस्पतालको दुरी टाढा, आर्थिक अवस्था कमजोरलगायतका कारण पनि ग्रामीण क्षेत्रमा आँखाको उपचार झारफुकमा केन्द्रित गर्ने गरिएको छ ।

एउटा तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा २० प्रतिशत नागरिकहरूको आँखा उपचारमा पहुँच पुग्न सकेको छैन् । ३६ प्रतिशत नागरिकले आर्थिकको कारणले उपचार सेवा लिन नसकेको देखिएको छ भने ३ प्रतिशतले अन्यको कारणले सेवा लिन नसकेको देखिएको छ । जसले गर्दा विगतको तुलनामा अन्धोपनको समस्या बढेको देखिएको छ । अन्धोपन निवारणका लागि विभिन्न समयमा शिविर सञ्चालन, सचेतनात्मक कार्यक्रमसमेत गरिएको छ ।

नागरिकलाई आँखाको उपचारमा सहज पहुँचको व्यवस्था गर्न थालिए पनि अझै अन्धोपन निवारणमा चुनौती देखिएको छ । आँखा स्वास्थ्यबारे नागरिक गम्भीर बन्न नसक्दा अन्धोपन निवारण हुन सकेको छैन् । उपचारका लागि अस्पतालमा पुग्नुपर्छ भन्ने चेतनाको अभावसमेत रहेको छ । घरमै घरेलु उपचारमा केन्द्रित हुने र आधिकारिक विशेषज्ञ कहाँ पुग्न नसक्दा आँखाको ज्योति गुम्ने गरेका घटना छन् ।

आँखाको उपचारमा ढिलाइ गर्न हुँदैन् । आँखामा समस्या देखिएपछि घरमै झारफुक गरेर उपचारभन्दा पनि अस्पतालमा पुगेर विशेषज्ञलाई देखाउनुपर्छ । समयमै अस्पतालमा पुगेपछि उपचार सम्भव पनि हुन्छ । आधिकारिक अस्पतालमा मात्रै उपचार गराउनुपर्छ । बजारबाट किनेर लगेको औषधिले आँखामा थप जटिलता ल्याउने गरेको छ । शरीरका अरू अंगमा समस्या देखिएपछि अस्पतालमा डाक्टरलाई देखाएजस्तै आँखाको पनि प्रभावकारी उपचार खोज्नुपर्छ । जटिल अवस्थामा पुगिसकेपछि उपचार नहुन पनि सक्छ । यसैले आँखाको स्वास्थ्यबारे गम्भीर बनौं । समयमै अस्पताल पुगौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here