Saturday, March 15, 2025
Homeसम्पादकीयअर्थतन्त्र सुधार गर

अर्थतन्त्र सुधार गर

- Advertisement -spot_img

सम्पादकीय
अर्थतन्त्र धरापमा पर्न थालेको छ । उपभोक्ता घट्दा व्यापारिक सटरहरू बन्द हुन थालेका छन् । सटर बन्द गरेर व्यवसायी विदेश पलायन भइरहेका छन् । अर्थतन्त्र धरासयी बन्दा राजनैतिक दल भने मिसन ८४ मा केन्द्रित छन् । आर्थिक विकासको अवस्था कमजोर हुँदै जानुको कारण खोजिएको छैन् । अहिले विदेशमा नेपालीले कमाएको रेमिट्यान्सको भरमा देश सञ्चालित छ ।

स्वदेशमा हुने उत्पादनको निर्यात निकै कम छ । तर बाहिरबाट आयात भने दिनदिनै बढ्दै गएको छ । अर्थतन्त्रको बलियो स्रोत नहुँदा देशमा आर्थिक संकट आउन थालेको विज्ञहरूको विश्लेषण छ । सुधारको संकेत तत्काल देखिएको छैन् । अनुत्पादक क्षेत्रमा लगानी बढ्दो छ । घरजग्गामा लगानी बढ्दै जानुको कारण पनि आर्थिक संकटको एउटा आधार हो ।

युवाशक्ति विदेश पलायन भएपछि व्यापार, व्यवसाय पनि धरापमा परेका छन् । व्यवसाय धरापमा हुँदा धेरैको रोजगारी पनि गुमेको छ । बैंकको ब्याजदर उच्च छ । ऋण तिर्न नसकेर ब्यवसाय छोड्नुपर्ने स्थितिमा पुगेको छ । आर्थिक बृद्धिदरको तुलनामा कर्जा प्रवाह दोब्बर छ । तर त्यो कर्जा अनुत्पादक क्षेत्रमा लगानी हुँदा आर्थिक संकट देखापरेको छ ।

निराशा भइहाल्नुपर्ने स्थिति नभए पनि अहिलेको स्थिति कायम रहिरहेमा आर्थिक संकट देखापर्ने निश्चित देखिएको छ । उत्पादन कम, खपत बढी हुँदा ऋणात्मक हुने निश्चित छ । विदेशमा कमाएको रकम पनि देश बाहिर जाने स्थितिमा छ । किनभने विदेशमा कमाइरहँदा नेपालको जग्गा जमिन बाँझो छ । यस्तो अवस्थामा बाहिरबाट आएको रकम बाहिर नै जाने देखिएको छ ।

अर्थतन्त्रको सुधार गर्न आवश्यक रणनीति बनाउन नेतृत्वको ध्यान तत्काल पुग्नुपर्छ । अन्तर्राष्ट्रिय बजारको अवधारणासहित अघि बढ्नुपर्ने देखिएको छ । स्वदेशमा उत्पादन हुने वस्तुको विदेशमा बजारीकरण हुने स्थिति नबन्दासम्म अर्थतन्त्रको सुधार हुने देखिएको छ । राज्य सञ्चालक नेतृत्वको ध्यान यसमा जान जरूरी छ । राजनीति के का लागि भन्ने मूल प्रश्न छ । नागरिक पलायन हुने स्थिति आएपछि राजनीतिको अर्थ हुँदैन् । त्यसैले पनि अर्थतन्त्रको सुधार गर्नका लागि राज्यले व्यवसायीको नीति बनाउनुपर्ने आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here