Monday, November 11, 2024
Homeखेलकुदगोरखालाई रनिङ शिल्डको उपाधि

गोरखालाई रनिङ शिल्डको उपाधि

- Advertisement -spot_img

दाङ, ११ पुस । दोस्रो प्याब्सन घोराही रनिङ शिल्डको उपाधि घोराहीको गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन घोराही नगर समितिको आयोजनामा भएको दोस्रो प्याब्सन घोराही रनिङ शिल्ड–२०८० को उपाधि गोरखाले जितेको हो ।

रनिङ शिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण पदक, ६ रजत पदक र ५ कास्य पदकसहित रनिङ शिल्डको उपाधि चुमेको हो । त्यसैगरी डिभाइन एकेडेमीले ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता बनेको छ । जनज्योति विद्याश्रमले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेको छ ।

मेचीकाली सेकेन्डरी स्कुलले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गरेको छ । सनराइज एकेडेमी २ स्वर्ण पदक र १ रजत र १ कास्य, स्टार आवासीय माविले २ स्वर्ण, १ रजत पदक, सिद्धार्थ एकेडेमीले २ स्वर्ण, युनिक मिड वेस्टर्नले १ स्वर्ण र २ रजत र २ कास्य पदक, ज्योतिपुञ्ज आवासीय माविले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।

त्यसैगरी ज्योतिपुञ्ज मोडेलले १ स्वर्ण, १ रजत र २ कास्य पदक, ज्ञानमाला एकेडेमी १ स्वर्ण, १ रजत र १ कास्य पदक, मदन भण्डारीले १ स्वर्ण, १ रजत र १ कास्य पदक, राप्ती आवासीय माविले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । लालीगुराँस माविले १ स्वर्ण र २ कास्य पदक, ज्ञानज्योति एजुकेशनल एकेडेमीले १ स्वर्ण पदक, ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक, लिटल एञ्जल माविले ३ रजत र १ कास्य पदक, पर्ल एकेडेमीले १ रजत र १ कास्य पदक प्राप्त गरेका छन् ।

दिपशीखा माविले ३ कास्य पदक, मनकामना आवासीय माविले २ कास्य, अर्किड इडेनले १ रजत , हिन्दू विद्यापीठ १ रजत पदक, अल्फा मावि १ कास्य, रमना पाठशाला १ कास्य, शान्ति सुधा मावि १ कास्य, ज्ञानोदय १ रजत र १ कास्य, पशुपति विद्याश्रमले १ रजत, शान्ति निकेतन विद्यालयले १ कास्य र अरनिको माविले १ कास्य पदक प्राप्त गरेका हुन् ।

कबड्डीमा उत्कृष्ट खेलाडी लिटल एञ्जलका अनिता चौधरी र भलिवलमा उत्कृष्ट खेलाडी स्टार माविका रोहन विक घोषित भएका थिए । प्यलियर अफ द टुनार्मेन्ट गोरखा घोराहीका नरबहादुर बस्नेत र करिना कालाथोकीले प्राप्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमको अध्ययन जतिकै आवश्यक रहेको बताए ।

प्याब्सन घोराही नगरका अध्यक्ष वीरेन्द्र चन्दले विद्यालय खेलमा गत वर्षभन्दा यसवर्ष उत्साह थपिएको बताए । साथै उनले रनिङ शिल्डलाई सफल बनाउन सदस्य विद्यालयहरू, सहभागी खेलाडी, खेल सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अफिसियल टिमप्रति आभार प्रकट गरेका थिए । समुद्घाटन सत्रमा भएको मार्च पासमा गोरखा मावि प्रथम, सिद्धार्थ एकेडेमी द्वितीय, मेचीकाली मावि तृतीय तथ जनज्योति विद्यामन्दिर र ज्ञानज्योति एजुकेशनल एकेडेमी सान्त्वना भएका थिए ।

समापन कार्यक्रममा प्रिन्सिपलहरूको १०० मिटर र खेल प्रशिक्षकको २०० मिटरको दौड प्रतियोगिता राखिएको थियो । मनकामना सेकेन्डरी प्रथम, अरनिको मावि द्वितीय र सनराइज एकेडेमी तृतीय भएका थिए । त्यस्तै खेल शिक्षकको दौडमा सनराइज एकेडेमी प्रथम, मनकामना सेकेन्डरी द्वितीय र जनज्योति विद्यामन्दिर तृतीय भएका थिए । प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here