Wednesday, May 1, 2024
Homeसमाजवलीलाई म्युजिक अवार्ड

वलीलाई म्युजिक अवार्ड

- Advertisement -spot_img

दाङ, ११ पुस । गायक दिपक वलीले सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० को गायक अवार्ड हात पारेका छन् । उनले ‘कि तिमीलाई झल्को आउदैन र !’ बोल को गीतबाट अवार्ड जित्न सफल भएका हुन् । सल्यान जिल्लाको लौरावाङमा जन्मिएका वली हाल दाङको तुलसीपुरमा पत्रकारिता, सामाजिक अभियानतासँगै कलाकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

पुस १० गते काठमाडौँस्थित नेपाल चलचित्र बोर्डको सभा हलमा अवार्ड घोषणा कार्यक्रम राखिएको थियो । सामाजिक अभियानताको कामलाई कलाकारिता पेशाले चिनिन थप हौसला गरेको भन्दै यो पेशाबाट आफू टाढा रहेर रहन नसक्ने उनको भनाइ छ । आफ्नो नेतृत्वमा गरिब दुखीको तीनवटा घर बनाएको बताउँदै वलीले यस्ता काममा सक्रिय हुँदा धेरैको माया र साथ प्राप्त गरेको उनले बताए । उपमा सञ्चार प्रालिको आयोजना भएको सांस्कृतिक म्युजिक अवार्ड २०८० को प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कलाकार देशका गहना भएको र कलाकारलाई राज्यले संरक्षण गर्नुपर्ने बताए ।

यस्ता कार्यक्रमको आयोजना गरेर कलाकारहरूलाई अवार्ड प्रदान गर्नाले अग्रज कलाकारको सम्मान हुने र नयाँ कलाकारहरूलाई हौसलासँगै उर्जा थपिन सहयोग पुग्ने उनले बताए । उनले अवार्ड कार्यक्रम बेला–बेलामा हुन आवश्यक रहेको बताउँदै कार्यक्रम गर्ने आयोजक संस्थालाई समेत धन्यवाद दिए । अवार्ड कार्यक्रमलाई थप प्रभावकारी बनाउन चर्चित गायक इन्द्र जिसीले जुरी निर्णायकको सफलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेका थिए ।

अतिथि कलाकारका रूपमा चर्चित गायक तथा संगीतकार बिबि अनुरागी, चर्चित गायक खुमन अधिकारीलगायत विभिन्न जिल्लाका राष्ट्रिय संगीतकर्मी संघ, दोहोरी गीत प्रतिष्ठान, कलाकारको हकहितमा बोल्ने संस्थाका नेतृत्वहरूको उपस्थिति रहेको थियो । अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न तहका व्यक्तिहरूलाई संस्थाकी अध्यक्ष अस्मी गौतमले धन्यवाद व्यक्त गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here