Saturday, March 15, 2025
Homeराजनीतिदाङमा बृहत् अर्थ संवाद हुँदै

दाङमा बृहत् अर्थ संवाद हुँदै

- Advertisement -spot_img

दाङ, १० पुस । अर्थविद् माननीय डाक्टर स्वर्णिम वाग्ले दाङ आउन लागेका छन् । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यावसायिक अर्थ संवाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका डा. वाग्ले दाङ आउन लागेका हुन् ।

पुस १० गते तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजेदेखि हुन लागेको अर्थ संवाद कार्यक्रममा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसी, नेपाल चार्टर एकाउण्टेन्स संघ (ऐक्यान)का पूर्व अध्यक्ष सिए भरत रिजाल, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मालगायतले अर्थ सम्वाद कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको रिपार्टर्स क्लव प्रदेशका अध्यक्ष शरद रेग्मीले जानकारी दिए ।

त्यसैगरी अर्थ संवाद कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघ, दाङ उद्योग वाणिज्य संघ र लमही उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी हुने छन् । अर्थ संवादमा नागरिक समाज, उद्योगी, व्यवसायी र पत्रकारहरूले बदलिदो अर्थतन्त्र र वर्तमान अवस्थाको बारेमा जिज्ञासा राख्न पाउने गरी कार्यक्रमको तयारी गरीएको अध्यक्ष रेग्मीले जानकारी दिए । साथै कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण उद्योगी, व्यवसायीलगायत आम नागरिकहरूमा आयोजकले अपिल गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here