Sunday, June 15, 2025
Homebreaking-newsलुम्बिनीमा मन्त्रिमण्डल विस्तार दुई मन्त्री थपिए

लुम्बिनीमा मन्त्रिमण्डल विस्तार दुई मन्त्री थपिए

- Advertisement -spot_img

दाङ, ९ पुस । लुम्बिनी प्रदेशमा दुई नवनियुक्त मन्त्रीले आइतबार दिउँसो शपथ लिएका छन् । प्रदेश प्रमुखको अमिक शेरचरले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थितिमा नेकपा माओवादी केन्द्रकी कृष्णा केसी सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्रीको सपथ खुवाएका हुन् । यो संगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौं पुगेको छ ।
मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल विस्तार गरेका हुन् । चौधरी बैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमाले र राप्रपा भने उनको विपक्षीमा उभिएका थिए । मुख्यमन्त्री चौधरीले शनिबार दिउँसो केसी र थापालाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री चौधरीले अझैपनि एउटा मन्त्रालय आफूसँगै राखेका छन् ।
शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । थापा कांग्रेस संस्थापन पक्षका सांसद हुनुहुन्छ । कांग्रेसमा संस्थापन इत्तरपक्षले पाल्पाका बीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाब दिएपछि शुक्रबारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निर्र्णय गरिएको हो । माओवादीले यसअघिको सहमति अनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णयसहित सिफारिस गरेको थियो । तर, कांग्रेस सभापति पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here