Saturday, March 15, 2025
Homeसमाज‘घोराही–रक्षाचौरको बजेट अन्यत्र जान्न’

‘घोराही–रक्षाचौरको बजेट अन्यत्र जान्न’

- Advertisement -spot_img

गमानसिङ घर्ती मगर
तुलसीपुर, ९ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले घोराही–रक्षाचौरका लागि छुटिएको बजेट अन्यत्र लैजाने गरी षड्यन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ को वडा भवन उद्घाटन गर्दै मन्त्री मास्कीले घोराही–तुलसीपुरको वैकल्पिक सडक भएकाले उक्त सडकको विस्तार आवश्यक रहेको बताए ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना रूपन्देहीअन्तर्गत परेको १४ करोड ४० लाख बजेटलाई अन्यत्र सार्नका लागि चलखेल भएपछि त्यसलाई आफूले अन्यत्र सार्न नदिने गरी गम्भीर ढंगले पहल लिएको बताए । हाल घोराही–रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ, भने अझै तुलसीपुर क्षेत्रमा अझै ११ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।

सोही सडक धेरै पुरानो ट्रयाक रहेकाले कतै पुनः नयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ, भने कतै नाली बनाउनुपर्ने अवस्था रहेको तुलसीपुर–४ का वडा अध्यक्ष तुलसी थापाले बताए । ‘यो सडकमा करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ’, उनले भने– ‘बाँकी ११ किलोमिटरमा कतै ट्रयाक बनाउनु छ, कतै नाली बनाउनु छ, त्यसका लागि अहिले आएको बजेटले केही काम हुन्छ, हामीले यसलाई अन्यत्र लैजान दिदैनौं ।’ घोराही–रक्षाचौर सडक २१ किलोमिटर लम्बाई छ  ।

त्यस्तै मन्त्री मास्कीले ग्वारखोलाई हाइड्याम्पले विद्युत, सिँचाइ, खानेपानी, पर्यटन–लगायतका क्षेत्रमा टेवा पु¥याउने भएकाले त्यसको सम्भाव्यता अध्ययनका लागि आफूले बजेट विनियोजन गरेको बताए । त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय शै्यया बनाउनका लागि ओएमएन सर्वेको काम अन्तिम चरणमा पुगेको समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here