Sunday, April 28, 2024
Homeसम्पादकीयठगीका घटनाबाट जोगिऊ

ठगीका घटनाबाट जोगिऊ

- Advertisement -spot_img

सम्पादकीय
वैदेशिक रोजगारीको नाममा हुने ठगी झन्पछि झन् बढ्दै गएको छ । स्वदेशमा रोजगारी नभएपछि धेरै युवा विदेश जान बाध्य छन् । वैदेशिक रोजगारीमा जाँदा तिनै युवाहरूले हरेक पाइला–पाइलामा ठक्कर खाने गरेका छन् । विदेश जान युवालाई ठगी गर्ने गिरोह सक्रिय भएका छन् ।

युवाहरूलाई विभिन्न देशमा जान सकिने प्रलोभन देखाएर लाखौँ÷करोडौँ रकम ठगी हुने गरेको छ । विदेश जान ऋण कर्जा गरेका युवाहरू दलालको फन्दामा पर्दा झनै समस्यामा पर्ने गरेका छन् । घरको आर्थिक अवस्था सुधार गर्नका लागि राम्रो तलब पाउने आशामा विदेश जान गरिएको लगानी अरूले कुम्ल्याउँदा झन ऋण थपिने गरेको छ । वैदेशिक रोजगारीको नाममा प्रलोभनमा पारेर ठगी गर्ने क्रम विकराल समस्याको रूपमा बल्झिन थालेको छ ।

वैदेशिक रोजगार आफैमा असुरक्षित छ । तर पनि स्वदेशमा रोजगारीका अवसर नभएपछि विदेश जानुपर्ने बाध्यता नेपाली युवालाई छ । विदेश जाँदा युवाहरू विभिन्न समयमा ठगिने गरेका छन् । ठगीका घटनाबाट जोगिनका लागि सचेतना तथा परामर्श पनि गर्ने गरिएको छ । तर पनि ठगीका घटना रोकिनुको साटो झन्पछि झन् बल्झीन थालेको छ ।

वैदेशिक रोजगारीका नाममा हुने ठगीको घटना न्यूनीकरणका लागि सरकारी प्रयास पनि छैन् । सरकारको ध्यान रेमिट्यान्समा मात्रै छ । युवाहरूका समस्या सुन्न सरकारी लगानी निकै कम छ । राज्यले स्वदेशमै रोजगारी हुने वातावरण त बनाउन सकेको छैन् नै । अनि विदेश जाने वातावरण पनि असुरक्षित हुने गरेको छ ।

वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट जोगिनका लागि सबैभन्दा पहिला त स्वयम् व्यक्ति चनाखो बन्नुपर्छ । विदेश पठाईदिन्छु भनेकै भरमा छिट्टै विश्वास गरेर लाखौँ रकम दिने गर्न हुँदैन् । कतिपयले अवैधानिक बाटो भएर जाँदैछु भन्ने थाहा पाउँदा पनि एजेन्टलाई लाखौँ रकम बुझाउने गरेका छन् ।

जसले गर्दा पछि ठगीको थाहा पाएपछि पश्चाताप गर्नुको विकल्प हुँदैन् । लगानी गर्दा धेरै पटक बुझेर मात्रै गर्नुपर्छ । नक्कली कागजातको भरमा लाखौ रकम ठगीएका घटना बाहिर आइरहेका छन् । यसले गर्दा स्वयम् व्यक्ति नै सचेत हुन आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here