Tuesday, May 20, 2025
Homebreaking-newsडिपबोरिङ सञ्चालनको पखाईमा करङ्गा गाउँ

डिपबोरिङ सञ्चालनको पखाईमा करङ्गा गाउँ

- Advertisement -spot_img

सरीता चौधरी
दाङ, ३ पुस । शरद शर्मा मजगैयाँ तुलसीपुर–१४ करङ्गाका स्थानीय बासिन्दा हुन् । उनी करङ्गामा बस्दै आएको बर्षौ समय भयो । उनको बुबाको पालादेखि नै करङ्गाको डबरामा सिँचाइको अभावमा छ । जग्गा प्रशस्त छ तर भनेको समयमा किसानले खेतबारीमा सिँचाइ गर्न पाउदैनन् ।

‘बर्खाको समयमा पानि परेको वर्ष मात्रै खेती हुन्छ । आकासे पानीको भरमा खेती हुने गरेको छ’ उनले भने– ‘बर्खामा पानी परेपछि धान रोपाई हुन्छ नत्र आकाशको फल आँखा तरी मर भनेझँै आकाशतिर हेरेरै दिन जान्छ ।’ कुलोको पानी केही क्षेत्रफलमा पुग्छ तर बालीलाई आवश्यक परेको समयमा पाइदैन ।

करङ्गाका अधिकांश मानिस कृषि पेशामा आबद्ध रहेका छन् । किसानले समयमा मलबीउ नपाउनुको समस्या त छुट्टै छ । समयमा वर्षा नभएको बेला खेती पनि हुन नसकेको उनले बताए । सिँचाइको सुविधा राम्रो भएमा किसानहरूलाई सहज हुने उनको भनाइ छ । धान खेती र नगदेबाली मात्रै नभएर बमौसमी तरकारी गर्न सकिने उनले बताए । बेमौसमी तरकारी भएपछि स्थानीय नागरिहरूको आर्थिक रूपमा पनि बलियो हुने उनको भनाइ छ ।

योजना सफल भएमा करङ्गाका एकसय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् । यो योजना कार्यान्वयन नहुँदा एकसय बढी घरधुरीका किसानहरू आवश्यकता अनुसार सिँचाइ गर्न पाएका छैनन् ।

सिँचाइको समस्या करङ्गाबासीको समस्या हो । जग्गा जमिन प्रसस्तै भएपनि भनेको समयमा सिँचाइको सुविधा छैन । डुरूवा खानेपानी सरससफाई तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण कुमार शर्माले करङ्गाबासीहरूको लागि मलवारे कुलो रहेको बताए । उनका अनुसार करिब १६ मौजाले मलवारे कुलोको पानीले सिँचाइ गर्ने गरेका छन् ।

‘मलवारे कुलाको बाँध तुलसीपुर–४ हलवारमा रहेको छ’ उनले भने– ‘तुलसीपुर–४ मा हलवारमा रहेको कुलाको बाँध बाँधेर कुलाको पानी ग्वारखोलाको जहदागाउँ र मजगाउँमा पक्की बाँधमा खसालिन्छ ।’ त्यही बाँधमा जम्मा गरेको पानी मलवारे कुलोमा खसाल्ने गरेको उनले बताए ।

मलवारे कुलोको पानी करिब १६ मौजाका किसानहरूले प्रयोग गर्दै आएका छन् । त्यस मौजाभित्र करङ्गा र गोठुवा पनि छ । सबैभन्दा पुछारको मौजा परेकोले आवश्यक परेको समयमा खेतमा सिँचाइ पु¥याउन नसकेको स्थानीयहरूले गुनासो गरेका छन् ।

‘यो समय भनेको हिउँदे बालीको हो । हिउँदे बाली गहुँ, तोरी लगाएमा सिँचाइ गर्नको लागि हलवारमा आएर बास बस्नुपर्छ । उनले भने– ‘हिउँदे बालीमा सिँचाइ गर्नको लागि बास बस्नुपर्ने अवस्था छ ।’ करङ्गाको खेतसम्म पानी पु¥याउनको लागि आकाशलाई छाना बनाएर बास उनले बताए । बृहत् दाङ सिँचाइ कार्यालयसँग डिपबोरिङको माग गरेपछि अहिले काम भइरहेको उनले बताए ।

डिपबोरिङ सञ्चालनमा आएपछि नगदेबाली, तरकारी र अन्य बालीहरू सिँचाइ गर्न सहज हुने उनको भनाइ छ । डिपबोरिङको पानीलाई तरकारी खेती गर्नको लागि थोपा सिँचाइ प्रणालीमा लैजाने योजना रहेको उनले बताए । यो योजना सफल भएमा करङ्गाका एकसय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् । यो योजना कार्यान्वयन नहुँदा एकसय बढी घरधुरीका किसानहरू आवश्यकता अनुसार सिँचाइ गर्न पाएका छैनन् ।

अध्यक्ष शर्माका खनुसार करङ्गाको करिब ६५ बिघा, गोठुवाको ५० बिघा गरी करिब एक सय १५ बिघा जमिनमा सिँचाइको समस्या रहेको छ । यो क्षेत्र अहिले सुख्खा क्षेत्रको रूपमा रहेको छ । खोलाको मुहान नजिकै भएपनि पानीको उपलब्धता नभएकोले भूमिगत पनि प्रयोगको लागि डिपबोरिङतिर चासो दिएको उनले बताए ।

डिपबोरिङको पानी सञ्चालनमा आएपछि विद्युत, पानी र आर्थिकको बचत गर्ने गरी थोपा सिँचाइ प्रणाली लागु गर्ने डबर डिपबोरिङ समिति र गनारी डिपबोरिङको समितिको लक्ष्य रहेको छ । गनारी डिपबोरिङ जल समितिका अध्यक्ष गणेश बस्नेतले विद्युत् कार्यालयमा मिटर जडानको लागि निवेदन दिएको ६ महिना पछि मिटर उपलब्ध भएको बताए । उनले भने कृषि सिँचाइको लागि मिटर माग गरेको ६ महिनापछि बल्लतल्ल मिटर आइपुगेको छ ।

‘डिपबोरिङ पनि निर्माण भइसकेको छ । तर स्थानीयले माग गरेअनुसार पाईप विस्तार भएको छैन् । बृहत् उपत्यका दाङ सिँचाइ कार्यालयले डिपबोरिङ खनेको तीन वर्ष भयो’ उनले भने– ‘यो बहुवर्षिय योजना भएकोले विभिन्न चरणमा काम भएको छ । डिपबोरिङ खन्ने, ट्याङ्की निर्माण, पाईप विस्तार पनि भएको तर पर्याप्त छैन् । अब मोटर जडान गरेर पाईप लाईन विस्तार भएपछि पानी सञ्चालनमा आउने हो ।’

करङ्गाबासीहरू डिपबोरिङको पानीको पर्खाइमा बसेका छन् । बृहत् दाङ उपत्यका सिँचाई कार्यालयले अधुरा रहेको योजनालाई पूरा गर्नमा लागेको जनाएको छ । अहिलेसम्म कार्यालयले दाङका विभिन्न स्थानमा ४३ वटा डिपबोरिङ निर्माण गरेकोे कार्यालयका प्रमुख विराट ज्ञवालीले बताए । ‘अहिलेसम्म आठवटा डिपबोरिङ सञ्चालनमा आइसकेको छ । यसबाट कृषकहरूले खेतबारीमा सिँचाइ गरिरहेका छन्’ उनले भने–‘चालु वर्षमा धेरैभन्दा धेरै योजना सफल बनाउने हाम्रो लक्ष्य रहेको छ ।’ यो वर्ष करिब २५ वटा डिपबोरिङबाट पानि सञ्चालन गर्ने उनले बताए ।

कृषकहरूलाई सिँचाइमा सहजता पु¥याउनको लागि कार्यालयले डिपबोरिङ सञ्चालन गर्दै आएको छ । यसबाट कृषकहरूलाई नगदेबालीसँगै बेमौसमी तरकारी खेती गर्न सहयोग पुग्ने प्रमुख ज्ञवालीको भनाइ छ । अरू अधुरा रहेको योजनाहरूलाई चालु वर्षमा नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । करङ्गामा रहेको डिपबोरिङमा अरू काम भइसकेको उनले बताए ।

अब मोटर जडान र पाईप लाईन विस्तार गर्न मात्र बाँकी रहेको छ । यो काममा आफूहरू लागि रहेको उनको भनाइ छ । करङ्गामा मात्रै तीन चरणमा गरी दुईवटा डिपबोरिङमा डेढ करोड लगानी भएको उनले बताए । एउटा डिपबोरिङको पानीले करिब ८० हेक्टर क्षेत्रफमा सिँचाइ पुग्ने ज्ञवालीको भनाइ छ । करङ्गाबासीको लामो समयपछिको आशालाई छिट्टै पूरा गर्ने उनले बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here