Wednesday, February 21, 2024
Homeखेलकुदभलिबलको उपाधि एसभिसीलाई

भलिबलको उपाधि एसभिसीलाई

- Advertisement -spot_img

तुलसीपुर, ३० मंसिर । दाङको तुलसीपुरमा सञ्चालित ललित स्मृति कप टु ए साईट खुला पुरूष भलिबल प्रतियोगिता २०८० को उपाधि एसभिसीले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरमा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योती कलेज तुलसीपुरलाई १९–२१, २६–२४, २१–१४ र २२–२० अर्थात् ३–१ को सेटमा पराजित गर्दै एसभिसीले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद ३० हजार, कप मेडल र प्रमाणपत्र हात पा¥यो । फाइनलमा सम्मानजक हार ब्यहोरेको ज्ञानज्योती उपविजेतामा सीमित रहदै नगद २० हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै स्पेशल टाक्सफोर्स तृतीय भयो । उसले नगद १० हजार, कप, मेडल, प्रमाणपत्र हात पारेको भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दले जानकारी दिए ।

यसैबीच प्रतियोगिताको समापन समारोह फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरिको अध्यक्षता भएको थियो । सो अवसरमा बिजेता टिम तथा खेलाडीलाई दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, स्वर्गीय ललित बुढामगरका दाजु तेज बहादुर बुढामगर लगायतले कप, मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here