Saturday, March 15, 2025
Homeखेलकुदललित स्मृति कप टु ए साईड खुला पुरूष भलिबल सुरू

ललित स्मृति कप टु ए साईड खुला पुरूष भलिबल सुरू

- Advertisement -spot_img

तुलसीपुर, २९ मंसिर । दाङको तुलसीपुरमा बिहिबारदेखि ललित स्मृति कप टु ए साईट खुला पुरूष भलिबल प्रतियोगिता–२०८० सुरू भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर सञ्चालित प्रतियोगिताको नेपाली कांग्रेस तुलसीपुर नगर सभापति तथा त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गरेका हुन् ।

२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालिन फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक गंगादेव गाउँपालिका वडा नं. ७ रोल्पा राँक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मानव सभ्यता जत्तिकै पुरानो खेलकुदको विकास र विस्तारमा राज्यको दृष्टि पुग्न नसकेको बताए । खेलकुद राष्ट्रको शान र पहिचान मात्र होइन मानव स्वास्थ्यको अभिन्न अंग हो भन्ने कुरा खेलकुदका नीति निर्माताले नबुझ्नु र खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसक्नुले खेलकुदमा राज्यको दृष्टि पुग्न सकेन सहजै भन्न सकिन्छ उनले भने ।

तीन दशक अगाडिको खेलकुदलाई समीक्षा गर्दा वर्तमान खेलकुदले खासै फड्को मार्नु सकेन अधिकांश खेल प्रशिक्षक सेवा निवृत्त भएर जाँदै गर्दा रिक्त ठाउँमा झण्डै दुई दशकदेखि राज्यले पदपूर्ति गर्न सकेको छैन यो हामी सबैका लागि बिडम्बना हो उनले भने । साथै उनले अब स्थानीयस्तरबाट खेल विकासको स्पष्ट खाका कोरेर निजीस्तरबाटै खेलकुदको विकास लाग्न सबैमा आग्रह गरे ।

फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु एरिको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस जिल्ला सदस्य रमेश मल्ल, नेपाली कांग्रेस रोल्पा जिल्ला सदस्य अमृत बुढामगर, नेपाली कांग्रेस तुलसीपुर नगर कोषाध्यक्ष प्रितम श्रेष्ठ, भलिबलका पूर्वखेलाडी केशवराज खत्री, स्वर्गीय ललित बुढाका दाजु तेज बहादुर बुढामगरलगायतको उपस्थिति रहेको थियो । भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दको स्वागत रहेको कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबीच प्रतियोगिताको आज सम्पन खेलमा एसटिएफ र एसभिसी बिजयी भएका छन् । उद्घाटन खेलमा अखिल क्रान्तिकारीलाई २१–५ र २१–१० को सोझो सेटमा पराजित गर्दै एसटिएफले विजयी सुरूवात ग¥यो । त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टरलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गर्दै एसभिसिले विजयी यात्रा सुरू गरेको हो ।

त्यसैगरि प्रतियोगिताअन्तर्गत आज बिहानको पहिलो खेलमा ज्ञानज्योति तुलसीपुर र रोल्पा भिड्ने छन् । खेल साढे नौ बजेदेखि सुरू हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने छ्न् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here