श्रीराम दहित
सधैं आफ्नो बाटोमा अविचलित हिँडु
फराकिलो मार्ग निर्माण गर्न सकुँ
आफ्नो यात्रा अविरल अगाडि बढाउँ
आँटिलो निडर भइ कर्म गर्न सकुँ
गते, महिना, वर्ष, शताब्दी बदलियो चेतनाको
द्वार बन्द रहँदा समृद्धिको गति बदलिएन
सनातन मातृभूमिमा जन्मिएर विद्यालय, विश्वविद्यालयको
शिक्षा लिएँ ज्ञान नपाउँदा समृद्ध बन्न सकिएन
छातीमाथि कुल्चिएर नखेलुन स्वार्थी परजीवी
देश खाने धमिरा नेपाली स्वाभिमान बचाऔं
आफ्नो मूल्य जानौं म एक महत्वपूर्ण व्यक्ति हुँ
उपयोगी बनुँ नेपाली स्वाभिमान बचाऔं
चौर, खेत, खलियान, पाखा, पँधेरो जहाँ पनि टेकुँ
जोशमा होस नगुमाई नेपाली स्वाभिमान बचाऔं
कठोर सहज हरेक परिस्थितिमा कर्मफलको सुनिश्चित
गर्दै गन्तव्य पुग्नुछ नेपाली स्वाभिमान बचाऔं
मातृभूमि प्राणी रक्षा गर्न गराउन व्यक्तिगत स्वार्थ
तिलाञ्जलि दिऔं बचाऔं नेपाली स्वाभिमान
भूतकाल मन्त्र, वर्तमान अमृत अनि भविष्यकाल बनोस्
निर्देशिका सदुपयोग गरि बचाऔं नेपाली स्वाभिमान
स्वर्ग समान स्वतन्त्र सम्भावना छन् असंख्य अपार
पसिना रोपौं बचाऔं नेपाली स्वाभिमान
कला, संस्कृति सनातन ऋषि परम्परा संस्कार
पालन गरौँ गराऔँ बचाऔं नेपाली स्वाभिमान
बाली पाक्दैन त्यसै गोडमेल मलखाद सिँचाइ नगरी
स्वावलम्बी भई प्रदर्शन गरौँ बचाऔं नेपाली स्वाभिमान
सित्तैमा प्राप्त गरेको फल पद प्रतिष्ठा जति जसरी सहजै आउने
गर्छ त्यसैगरी गुमेको थाहै हुँदैन बचाऔं नेपाली स्वाभिमान