Tuesday, May 20, 2025
Homebreaking-newsअहिले गठबन्धनको सरकार फेरबदल हुँदैन: शर्मा

अहिले गठबन्धनको सरकार फेरबदल हुँदैन: शर्मा

- Advertisement -spot_img

गमानसिङ घर्ती मगर
घोराही, २२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धनको सरकार फेरबदल नहुने बताएका छन् । बिहीबार दाङको घोराहीमा कांग्रेस पार्टी कार्यालयमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘अहिलेको गठबन्धनको सरकार फेरबदल हुँदैन राम्रा कामलाई समर्थन गर्दै नराम्रा कामको विरोध गर्दै प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने हो’ शर्माले भने– ‘सरकारका कतिपय राम्रा कामहरू पनि छन् कतिपय नराम्रा कामहरू पनि छन् राम्राको समर्थन नराम्राको बिरोध गर्ने हो ।’

उनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण जाँदा दश हजार मेगावाट बिजुली भारतलाई बिक्री गर्ने गरी भएको सम्झौता ऐतिहासिक भएको बताए । ‘अब मान्छे बेचेर धनी बन्ने होईन, देशमा भएको प्राकृतिक स्रोत साधन बिक्री गरेर देश धनी भन्ने सपना देख्नुपर्दछ’ शर्माले भने–‘अहिलेको सरकार समृद्धिको यात्रामा छ ।’

महान्त्री शर्मालाई कार्यक्रर्तहरूले पार्टीमा गुट उपगुट मौलाएको, पार्टीका ठूला नेताहरू भ्रष्टाचारमा संलग्न भएको, संघीयता महँगो भएको, पार्टीले हिन्दूराष्ट्र एजेन्डामा उठाउनुपर्ने, पार्टी चुनावमा विचार सिद्धान्त नमिल्नेहरूसँग गठबन्धन गरेको, पार्टी रूपान्तरण नभएकोलगायतका विविध प्रश्नहरू गरेका थिए ।

कांग्रेस महामन्त्री शर्माले समग्रमा जवाफ दिँदै अब कांग्रेस पार्टी रूपान्तरणभन्दा पनि कांगे्रसीहरू रूपान्तरण हुनुपर्ने बताए । पार्टी माओवादीकरण भयो भन्ने कार्यकर्ताको प्रश्नमा महामन्त्री शर्माले भने– ‘बलपूर्वक राज्यसत्ता कब्जा गर्नुपर्छ भन्ने सिद्धान्त राख्ने माओवादीलाई तिम्रा हतियार काम लाग्दैनन् क्यान्टोनमेन्टमा थन्काउ लोकतान्त्रिक पद्धतिमा आउ भनेर कांग्रेसले ल्याएको हो ।’

कम्युनिष्ट दर्शन सिद्धान्तले निजी सम्पत्तिलाई नेपालका माओवादी लगायतका कम्युनिष्टहरूले मानि आएकाले कांग्रेस माओवादीकरण नभएको महामन्त्री शर्माले बताए । यसैबीच पार्टीको महासमितिको बैठक पुस १६ गतेदेखि हुने गरी ललितपुर जिल्लाको गोदावरी हलमा उद्घाटन गर्ने गरी तयारी भइरहेको महामन्त्री शर्माले बताए ।

कार्यक्रममा लुम्बीनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला सभापति शंकरप्रसाद डाँगीले गरेका थिए भने स्वागत उपसभापति कमान सिंह भारती गरेका थिए । सहजीकरण सचिव अजुन कुमार योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here