Sunday, December 15, 2024
Homeराजनीतिसिंहदरबार गाउँ ल्याउँदा विकृतिः नेता यादव

सिंहदरबार गाउँ ल्याउँदा विकृतिः नेता यादव

- Advertisement -spot_img

सल्यान, २२ मंसिर । नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका प्रसाद यादवले राष्ट्रघातीहरूका विरूद्ध फेरी एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । माओवादीले सञ्चालन गरेको तीन महिने विशेष अभियानले राष्ट्रघातीहरूका विरूद्ध आन्दोलन गर्न वातावरण निर्माण गरिरहेको बताएका हुन् ।

सल्यानको बागचौरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा सङ्कल्प सभालाई सम्बोधन गर्दै नेता यादवले काठमाडौंको सिंहदरबार गाउँ–गाउँ ल्याउँदा विकृति र विसङ्गति पनि सँगसँगै आउँदा गाउँका सिंहदरबारमा पनि समस्या देखापरेको बताए । उनले भने जनतालाई आफ्नै गाउँघरमा सिंहदरबारको अधिकार त दिलाउन सफल भयौँ तर त्यस सँगसँगै केही विकृति पनि साथमा आउँदा जटिलता देखिएको छ ।

त्यस खालका विकृतिलाई रोक्न माओवादीले सबै तहमा सजगता अपनाउँदै खबरदारी गर्नुपर्ने उनको जोड रहेको छ । माओवादी विगतमा भन्दा अहिले बिग्रिएको स्वीकार गर्दै उनले शान्ति प्रक्रियापछि कांग्रेस र एमालेको सङ्गतका कारण आफूहरू बिग्रिएको बताए ।

यस्तै कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले व्यवस्था परिवर्तनसँगै जनताको आथिक व्यवस्था फेर्न नसक्दा केही प्रतिगामी तत्वहरू त्यसलाई टेकेर टाउको उठाउने प्रयत्न गरी रहेको बताए । जनताको तीव्रता विकासको आकाक्षांलाई आत्मसात् गर्न नसक्नुमा राजनीतिक अस्थिरता प्रमुख कारण रहेको बताउँदै माओवादी पार्टीलाई स्पष्ट बहुमतको आवश्यकता रहेको औँल्याए ।

जनताको अलग्गिएर पार्टी बन्न नसक्ने बताउँदै नेता शाहीले माओवादीका कार्यशैली, जीवनशैली बदल्न सके पहिलेको जस्तै माओवादीलाई जनताले साथ सहयोग गर्ने दाबी गरे । यस्तै सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरू मसानघाटमा पुगेर राजतन्त्र पुनस्र्थापना अलाप गरी रहेको बताए । मसानघाटको मसानले गणतन्त्रलाई तर्साउन नसक्ने उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here