Friday, February 7, 2025
Homeमुख्य खबरबिमाप्रति विश्वसनीयता बढाऔं: मुख्यमन्त्री

बिमाप्रति विश्वसनीयता बढाऔं: मुख्यमन्त्री

- Advertisement -spot_img

दाङ, २० मंसिर । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढेमात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बिमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताएका हुन् ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले कोरोनापछि बिमा कम्पनीहरूको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउनसके प्रदेश सरकारले समेत आवश्यकता अनुसार बिमा नीति बनाउने जानकारी दिए ।

‘विश्वमा बिमा राम्रो छ’ उनले भने– ‘बिमा सुविधा प्राथमिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरूरी छ । ‘बिमा नीति आवश्यक छ’ उनले भने– ‘बिमाले त्यो विश्वास दिलाउन सक्नुपर्छ । विमा कम्पनीहरूको गलत कार्यको नियमन प्राधिकरणले गर्नुपर्छ । कुरा गरेअनुसार काम गर्नुपर्छ र काम गर्न सक्ने मात्रै बिमावालाले कुरा गर्नुपर्छ उनले भने ।

कार्यक्रममा सहभागीहरूले बिमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरूले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासोसमेत गरेका थिए । त्यसैगरेर कृषिमा बाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनुपर्ने र जीवन बिमामा भुक्तानीमा छिटोछरितो गरिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री धन बहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, प्रमुख सचिव राधिका अर्याललगायतले धारणा राखेका थिए । बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिग्देललगायतले उठेका विषयवस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here