Thursday, February 13, 2025
Homebreaking-newsअपराध न्यूनीकरण गर्न सञ्चारको भूमिका महत्वपूर्ण: मन्त्री शर्मा

अपराध न्यूनीकरण गर्न सञ्चारको भूमिका महत्वपूर्ण: मन्त्री शर्मा

- Advertisement -spot_img

देउखुरी, १९ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिमा भएको तिब्र विकासले साइबर अपराधहरू बढाएको भन्दै त्यसबाट महिला हिंसा बढ्नु चिन्ताजनक विषय रहेकाले बताएकी छन् । उनले पछिल्लो समय बढ्दै गएको साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

महिला हिंसाको स्वरूप बदलिएको भन्दै इन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनीकरण गर्न पत्रकार महिलाहरूले समेत भूमिका खेल्नुपर्ने धारणा राखेकी छन् । उनले सामाजिक सञ्जालको दुरूपयोग बढिरहेको, भ्रमपूर्ण सूचनाको खेती भइरहेको भन्दै यसबाट जोगिन सञ्चार साक्षरताको लागि सरकारले कार्यक्रम बनाउने बताईन् ।

त्यस्तै उनले महिलाको सहभागिता हरेक क्षेत्रमा ३३ प्रतिशत पु¥याउनेतर्फ ध्यान दिनुपर्ने बताइन् । उनले राज्यले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपनि राजनीतिक दलको संगठन, पत्रकारसँग सम्बन्धित सञ्चार माध्यमहरूमा समेत महिला सहभागिता न्यून रहेको भन्दै महिला सहभागिता बढाउन जोड दिएकी छन् ।

प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबारदेखि सञ्चालन भएको तीन दिने पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि पत्रकारितामा प्रविधिको प्रयोग तथा आचारसंहिता विषयक तालिम उद्घाटनका अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन् । प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीको अध्यक्षता एवं मन्त्री शर्माकोे प्रमुख आतिथ्यतामा तालिम सुरू भएको हो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले निर्धक्क भएर कलम चलाउन पत्रकार महिलाहरूलाई आग्रह गरेकी छन् । तालिम उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर वेल्वासे, सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य लगायतले बोलेका थिए ।

तालिम संयोजक तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको स्वागत तथा विषयवस्तु प्रवेशबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले गरेका हुन् । तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २० जना पत्रकार महिलाहरूको सहभागिता रहेको छ । तालिम तीन दिनसम्म चल्ने छ । तालिमको प्रशिक्षकहरूमा दुर्गा भण्डारी पौडेल, विपुल पोख्रेल, ठाकुर बेल्वासे, दुर्गालाल केसी, अमृता अनमोल र झविन्द्र भुसाल रहेका छन् ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) प्यूठानको सरूमारानी गाउँपालिका–२ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रूपान्तरण सम्भव हुने बताइन् । देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरू कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमूना काम गरिरहेको बताइन् । माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रूपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको पनि बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here