लागूऔषध सेवन तथा कारोबार विकराल समस्या बढ्दै गएको छ । युवायुवती लागूऔषध दुव्र्यसनको कुलतमा फस्दै जाँदा समस्या देखिएको छ । सचेतनाका विभिन्न कार्यक्रम गरेपनि लागूऔषध दुव्र्यसनी रोक्न सकिएको छैन् । कानुनले लागूऔषध दुव्र्यसन र कारोबारलाई बन्देज गरेपनि समाजमा पछिल्लो समय यसको समस्या बढ्दै गएको छ । लागूऔषध औषध रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ ? प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाको विचारलाई समेटेका छौँ । – सम्पादक
जीतसागर जी.एम.
निरन्तर रोकथामको प्रयास
लागूऔषध कारोबार र दुव्र्यसनी लुम्बिनी प्रदेशमा मात्रै नभएर नेपाल अधिराज्यमै डरलाग्दो अवस्थामा छ । नयाँ युवापुस्ता धेरै मात्रामा लागूऔषध दुव्र्यसनीमा लागेको देखिएको छ । लुम्बिनी प्रदेशका पहाडी जिल्ला रूकुम पूर्व, रोल्पामा गाँजा र अफिमको खेतीसमेत हुने गरेको छ । भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा पनि प्रतिबन्धित लागूऔषध भारतबाट आउने गरेको र त्यसको सेवनबाट युवायुवती कुलतमा फसेको देखिएको छ । लागूऔषध ओसारपसारमा कडाई गरिरहेकै छौँ । तै पनि लुकिछिपी यसको कारोबार भइरहेको छ ।
लागूऔषध कारोबार रोक्न मुख्य नाकामा गरिएको कडाइले अरू ठाउँबाट लुकिछिपी हुने गरेको छ । अर्को कुरा के भने कतिपय युवायुवती भारतमै गएर सेवन गरेर नेपाल फर्कने परिपाटी पनि विकास भएको देखिएको छ । यसलाई रोक्नका लागि हामीहरू निरन्तर लागिरहेका छौँ । हाम्रो प्रयासले मात्रै नियन्त्रण हुन सकिरहेको छैन् । आम नागरिकले सूचना दिनुभयो भने यसको न्यूनीकरण आउने छ ।
दाङलाई ट्रान्जिट केन्द्रको रूपमा बनाउने गरिएको कुरा पनि आउने गरेका छन् । विषेशगरी रूकुम र रोल्पातिर उत्पादन भएका लागूऔषधजन्य वस्तुहरू दाङ भएर अन्य जिल्लामा निकासी गर्ने र भारतबाट दाङ हुँदै पहाडी जिल्लामा पठाउने गिरोह पनि छन् । समस्या कस्तो भएको छ भने हिमाली जिल्लाहरूमा पनि प्रयोगकर्ता भेटिएका छन् । भारतबाट दाङ हुँदै अन्य पहाडी जिल्लामा पठाउने गरिएको देखिएको छ । लागूऔषध कारोबारमा संलग्न मुख्य कारोबारी पक्राउ पर्न नसक्ने मुख्य समस्या नै हो ।
अहिलेसम्मको अवस्थामा धेरै व्यक्तिहरू भरियाकै रूपमा पक्राउ परेका छन् । भरियाले फेरि जतिसुकै अवस्थामा नभन्ने अवस्था पनि हुन्छ । अनि मुख्य कारोबारीलाई पक्राउ गर्न निकै समस्या हुने गरेको छ । लागूऔषधको कारोबार गर्नेहरूले लेयरमा बसेर काम गर्ने गरेका छन् । हामीले ति सबै लेयरलाई क्रस गर्न नसक्ने अवस्था पनि आउँछ । मुख्य लगानीकर्ता, मुख्य व्यवसायीसम्म पुग्न नसक्ने अवस्था हुन्छ । तर हामीले प्रयास निरन्तर गरिरहेका छौँ ।
भरिया पक्राउ परेपछि माथिल्लो तहका मुख्य लगानीकर्ता भाग्ने मौका पाइरहेका हुन्छन् । नेपालमा हुनेलाई त सकेसम्म पक्राउ गर्न सफल भएका छौँ । नेपालभन्दा बाहिर गएपछि पक्राउ गर्न निकै हम्मेहम्मे पर्छ । अब यसका कारोबारी र सेवनकर्ता बढ्दै गर्दा सचेतनामा पनि जोड दिएका छौँ । लागूऔषध प्रयोगकको असरबारे विद्यालयमा सचेतनादेखि गाँजा र अफिमका बोटहरू नष्ट गरिरहेका छौँ । सचेतनासँगै केहिलाई त यसलाई प्रयोग गर्नुहुँदैन भन्ने सचेत पुगेको छ । लागूऔषध सेवन गरे÷ नगरेकोबारे किटमार्फत जाँच पनि गर्ने गरिरहेका छौँ । यसले पनि केही मात्रामा लागूऔषधको सेवनमा कमि ल्याएको छ । लागूऔषधको रोकथाम तथा नियन्त्रणका लागि सबै जना लाग्नुपर्छ । प्रहरीले मात्रै गरेर हुँदैन । आम नागरिक, अभिभावकमा सेचना पुग्न सकेपछि धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ ।
लागूऔषध दुव्र्यसन बढ्दै
लागूऔषध दुव्र्यसन समाजको उपज हो । सहरीकरण बढ्दै जाँदा लागूऔषध दुव्र्यसन पनि बढ्दै गएको छ । पछिल्लो समयमा नेपालको विभिन्न तथ्यांकलाई हेर्दा १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध दुव्र्यसनीमा फसेको तथ्यांक नेपाल सरकारसँग छ । यो हरेक वर्ष ६ प्रतिशतका दरले वृद्धि भएको देखिएको छ । जब आफ्नो नजिकको मान्छे लागूऔषध दुव्र्यसनसँग संघर्षरत छ वा कुलतमा हराएको छ, परिवार र अन्य प्रियजनहरूलाई तिनीहरूको कसरी छिटो मद्दत गर्न सकिन्छ भन्ने जानकारी आवश्यक हुन्छ ।
लागूपदार्थको दुव्र्यसन एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी, जस्तैः विद्यालय कार्य, काम परियोजनाहरू, छोराछोरी वा अन्यहरूको जिम्मेवारी लिन असफल रहन्छन् । तिनीहरू प्राय आफूलाई सफा राख्न र आफ्नो हेरचार गर्न सफल हुँदैनन् । तिनीहरू प्राय सामान्यतया राम्ररी सुत्दैनन् र राम्ररी खाना पनि खाँदैनन्, सामान्य उठ्ने समयमा उनीहरूले लामो घण्टासम्म उठेकोले वा अल्छी र निद्रा लागेकोले गर्दा प्रश्न गरियो भने तिनीहरू क्रोधी र विरोधी र शत्रुतापूर्ण पनि हुन सक्छन् । यो दुव्र्यसनीको प्रमुख लक्षण हो ।
यसको रोकथामको लागि पहिलो कुरा त जनचेतना नै हो । यसको रोकथामका लागि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण शाखाले गरिरहेको छ भने अहिले विभिन्न संघसंस्थाले जनचेतना जगाउने, विद्यालय शिक्षामा पनि समावेश गरेर जाने कामहरू भइरहेको छ । पहिले–पहिले यसलाई नजाने नी हुन्छ । यसलाई कुरै नगरे हुन्छ भन्ने थियो । अहिले यसलाई सही समयमा सही जानकारी लिएर जानुपर्छ भन्ने पछिल्लो समय विकास भएको पाएका छौँ ।
यसको सबैभन्दा राम्रो उपाय त यसमा नलाग्ने नै हो । यदि लागिसकेको अवस्थामा पनि उपचार सम्भव छ । तर जटिल अवस्था त अवश्य छन् । यसबाट मुक्ति पाउनका लागि निश्चित मापदण्ड छ, निश्चित नियमहरू छ, त्यो पूरा गरेपछि अवश्य पनि छुट्कारा पाउन सकिन्छ । यसबाट छुट्कारा पाएर नयाँ जीवन पाएकाहरू पनि धेरै छन् । जसले अहिले आफूमात्रै नभएर समाजको लागि समेत काम गरिरहेका छन् । उपचार सम्भव छ, तर त्यसको सही ठाउँमा उपचार हुनुपर्छ । सही ढंगले लाग्नुपर्छ ।
कुलत एउटा यस्तो अवस्था हो जसको विशेषता बारम्बार, बाध्यकारी वाञ्चित र लागूपदार्थ, मादकपदार्थ वा अन्य त्यस्तै पदार्थ प्रयोगले हुन्छ । यो सामान्यतया लागूऔषधप्रति मनोवैज्ञानिक र शारीरिक रूपमा निर्भरता र लागूऔषध फेरि सेवन गर्ने लक्षण देखाउँछ जब कसैले लागूऔषधको प्रयोग हटाउँछ या रोक्छ । कुलतमा परेका बेला, व्यक्तिले लागूऔषधभन्दा लागुऔषधले व्यक्तिलाई नियन्त्रण गरी रहेको हुन्छ ।
जब एक व्यक्तिको लागूऔषध वा मादकपदार्थको प्रयोग गर्नुहुन्छ वा हुँदैन भन्नेबारे तर्करूसँगत छनौट गर्ने क्षमता हराउँछ, उ कुलतमा फसिसकेको हुन्छ । जुन समुदायमा उच्च मात्राको लागूपदार्थ दुव्र्यसन भईरहेको हुन्छ त्यहाँ हत्या र हिंसाको मात्रा पनि उच्च हुन्छ र त्यो स्थितिमा घरेलु र बाल दुव्र्यसनको वृद्धि पनि हुन्छ । यसबाट घरबारविहीन हुने, बेरोजगारी र लागूपदार्थबाट मृत्युमा वृद्धि हुन सक्छ ।
अहिलेको अवस्थामा हेर्दा खेरी कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकाहरू नै बढी लागूऔषध दुव्र्यसनीमा फसेको देखिएको छ । लागूऔषध दुव्र्यसनमा फसेकामध्ये कक्षा ६ देखि १२ सम्म पढ्ने बालबालिकाहरू ८० प्रतिशत रहेका छन् । सामान्यतया यो भनेको परिवारसँगै रहने बालबालिका हुन् । एउटा परिवारले के थाहा पाउन जरूरी हुन्छ भने कुनै पनि व्यक्तिले लागूऔषध खायो भने व्यवहार परिवर्तन हुन्छ नै । त्यो परिवर्तन भएको व्यवहार थाहा पाउने भनेको परिवार नै हो । अर्को कुरा परिवारमा सुमधुर सम्बन्ध नरहेका कारण पनि यो अवस्थामा पुगेका छन् ।
पछिल्लो समय लागूऔषध सेवन गरे/नगरेको जाँच पनि हुने गरेको छ । यसको जाँच गर्ने प्रविधि हामीसँग पनि छ । पछिल्लो समय विभिन्न विद्यालयबाट फोन आउने गरेको छ । त्यस्तो ठाउँमा हामीहरू जाने गरेका छौँ । त्यस्को रिपोर्ट हामीहरूले गोप्य राखिदिने गरेका छौँ । अर्को मुख्य कुरा के हो ? दुव्र्यसनीमा फसेका व्यक्तिको उपचारका लागि सपोर्ट गर्ने कुराको खाँचो देखिएको छ ।
दुव्र्यसनीको उपचार सम्भव
लागूऔषध दुव्र्यसनीको अवस्था त निकै भयावह नै छ । आजका युवा विभिन्न सामाजिक विकृति, विसङ्गति र दुव्र्यसनीको कुलतमा फसिरहेका छन् । ती कुलतमध्ये लागूऔषध दुव्र्यसनी एक प्रमुख समस्या हो । लागूपदार्थ दुव्र्यसनीको समस्या अहिले नेपालमा मात्र नभई विश्वभरमा नै ठूलो समस्याको रूपमा रहदै आएको छ । लागूपदार्थ एवं औषध भनेको वmुनै पनि प्राकृतिक वा रसायनहरूबाट निस्केका पदार्थहरू हुन् । जसको सेवनबाट मानिसको मुख्य स्नायुप्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन विचारमा उत्तेजना ल्याइदिन्छ र जीवनमा क्रमश सकारात्मक एवं नकरात्मक परिवर्तन ल्याइदिन्छ ।
लागूपदार्थले केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन र विचारमा उत्तेजना ल्याइदिने भएकोले युवायुवतीहरू जानाजानी वा साथीभाइहरूको लहैलहै र करकापमा परी लागूपदार्थको दुव्र्यसनीमा पर्दै गएका छन् । यसरी युवा पुस्ताहरू दुव्र्यसनीको चपेटामा फस्दै जानुले देशको विकासका लागि दिनप्रतिदिन समस्याहरू थपिदै गएका छन् । लागूपदार्थ एवं औषधको दुव्र्यसनीको संख्या विश्वमा नै बढ्दै जानुले विश्व समाजलाई प्रभावित पारिरहेको छ ।
दुव्र्यसनीबाट युवा जमातलाई बचाई राख्न वर्तमान अवस्थामा नकारात्मक असरहरूका बारेमा जनचेतना पैmलाउने, दुव्र्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि विभिन्न निकायहरूबाट विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको पाइन्छ ।
कुलतमा फसेको थाहा नपाउनु, फसिसकेपछि पनि इज्जत, प्रतिष्ठाका कारण गुपचुप पारेर राख्नुले गर्दा बाहिरी तथ्याङ्क कम रहे पनि भित्रि रूपमा यो समस्या भयानक बन्दै गएको छ । लागूपदार्थ दुव्र्यसनको कारण हजारौं व्यक्तिहरूले अकालमा नै ज्यान गुमाउनु परेको छ । यस्तो दुव्र्यसनबाट आमाबुबा, दाजुभाइलगायत परिवारका सम्पूर्ण सदस्यहरूलाई नराम्रो बोझ, डर र अविश्वास थपेको हुन्छ । दुव्र्यसनबाट परेको असर स्वयम् दुव्र्यसनीलाई भन्दा परिवारलाई झनै गम्भीर हुन्छ ।
परिवारका अरू सदस्यको समेत प्रगतिमा बाधा सिर्जना हुन्छ । लागूपदार्थ दुव्र्यसन समाजको विकराल रोग हो भने दुव्र्यसनी रोगी हुन् । यस्तो समस्यालाई निराकरण गर्नका लागि यस्तो समस्या आउनुको कारण र यसले समाजलाई कस्तो असर पु¥याइरहेको छ, भन्ने कुरा विभिन्न निकायबाट अध्ययन अनुसन्धान गरी पहल गर्नु आवश्यक छ । सचेतना र दुव्र्यसनी दुवै बढ्दै गएको छ । लागूपदार्थ दुव्र्यसनीको उपचार सम्भव छ । कतिदेखि कतिसम्म भन्ने कुरामा धेरै कुराले भूमिका खेलिरहेको हुन्छ ।
लागूपदार्थको किसिमदेखि लिएर व्यक्तिको मानसिक अवस्था, व्यक्तिलाई भइरहेको मानसिक समस्या, व्यक्तित्वले पनि भूमिका खेल्दछ । कुन चाहिँ लागूपदार्थ हो, कहिलेदेखि लिइरहेको छ । यस्तो कुरा विचार गर्नुपर्ने हुन्छ । यसको उपचार असम्भव भन्ने छैन् । यदि कडाखालको लागूऔषध प्रयोग गरेको रहेछ भने अस्पतालमा वा पुनस्र्थापना केन्द्रमा निगरानीमा रहेर पनि उपचार गर्न सकिन्छ ।
लत भनेको कुनै पनि चिजहरू खाइसकेपछि फेरि पनि प्रयोग गर्नुपर्ने अवस्था आउँछ भने त्यसलाई लत भनिन्छ । लागूपदार्थको समस्या तीन किसिमले हुन्छ । बायोलिजकल, साइक्लोजिकल र सोसियल गरी तीन कारणले मानिसहरू लागूपदार्थ दुव्र्यसनमा लाग्ने गरेको देखिएको छ । बायोलोजिकल भनेको बाबुबाजेको वंशाणुगत कारणले पनि हुन्छ । यी तीनै कुरा मिल्यो भने झन् बढी समस्या हुन्छ ।
परिवारको नै छैन् चासो
लागूऔषध सेवन नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । उपचारको पाटोबाट हेर्दा अभिभावकलाई बुझाउन नै गाह्रो छ । अभिभावकले नै बुझ्नु चाहनु हुन्न । लागूपदार्थ के हो ? दुव्र्यसन के हो ? दुव्र्यसनले मानिसलाई कहाँसम्म पु¥याउँछ ? शुरूमा परिवारले बुझ्ने कोशिस नै गर्नुहुँदैन् । जब बुझ्नुहुन्छ, त्यति बेला ठूलो समस्या आइसकेको हुन्छ । अर्थात् त्यतिबेला उ ठूलो जञ्जालमा फसिसकेको हुन्छ ।
उपलब्धि नहुने गरी बुझ्ने कोशिस गर्नुहुन्छ । त्यो पनि उपचारको लागि आइसकेपछि मात्रै परिवारले बुझ्ने कोशिस गर्नुहुन्छ । पुनस्र्थापना केन्द्रको साइकोलोजिष्ट कान्सिलरले उहाँहरूलाई बुझाईसकेपछि, उहाँहरूले पनि आफै वास्तविक बुझिसकेपछि बुझ्नुहुन्छ । त्यतिबेला दुखद् के हुन्छ भने उहाँहरूले धेरै कुराहरू पुनः उपलब्धि नहुने गरी गुमाइसक्नुभएको हुन्छ ।
सानो उमेरदेखि लागूऔषध दुव्र्यसनीमा फस्दै गएको देखिएको छ । करिब १२÷१३ वर्षको उमेरदेखि नै लागूऔषध दुव्र्यसनमा फसेको पाइएको छ । यसले न सानोलाई भन्छ, न ठूलोलाई भन्छ । धनी, गरिब केही पनि भन्दैन् । जो पनि दुव्र्यसनमा फस्न सक्छ । मेरो अनुभवमा यो भुसको आगो झैँ फैलिरहेको छ । भित्रभित्रै दन्किरहेको छ । रोकथामका लागि थुप्रै प्रयास भएका छन् । तर झन्पछि झन् दुव्र्यसनी बढ्दै गएको देखिएको छ ।
मैले नयाँ पाइला पुनस्र्थापना केन्द्र २०७१ सालदेखि शुरूवात गरेको हुँ । अहिलेसम्म करिब १ हजार ४ सय जनालाई प्रत्यक्षरूपमा उपचार गराइसकेको छु । अनौपचारिकरूपमा पनि लागूऔषध दुव्र्यसनका असरबारे सचेतना प्रदान गरिरहेको छु । कतिपय विद्यालयमा गएर पनि लागूऔषध दुव्र्यसनको असरबारे सचेतना प्रदान गरिरहेको छु । केही दिनअघि मात्रै एउटा विद्यालयमा गएर जाँच पनि गरिएको छ ।
धेरैजनालाई उपचार गराएर पुनस्र्थापना गरिरहँदा खुशी लागेको छ । करिब एक दशकको अवधिमा लागूऔषध दुव्र्यसनिमा पसेकाहरूलाई उपचार गराइरहेको छु । तर कतिपय परिवारकै कारण अधुरो उपचार गरेर जाने र पछि उनीहरूले थप अरूलाई दुव्र्यसनी बनाएका घटनाहरू प्नि छन् । यस्तो कारणले पनि रोकथाममा थप चुनौती हुने गरेको छ । लागूऔषध दुव्र्यसनी पछिल्लो समय घट्नुको साटो झन्पछि झन् बढ्दै गएको देखिएको छ । विकराल समस्या बन्दै जाँदा कसरी रोकथाम गर्ने चिन्ता थपिएको छ । लागूऔषध दुव्र्यसन रोक्न सरकारी तथा गैरसरकारी पक्षबाट पनि प्रयास भइरहेको छ । तर लहलहैमा सिक्ने प्रचलन बढ्दै गएको छ ।
मलाई लाग्छ, लागूऔषधको ठूलो कारोबार दाङमा छैन् । दाङ खुल्ला सीमानाका भएका कारण पनि भारतबाटै धेरैले कारोबार गर्ने गरेको बुझ्न सकिन्छ । भारतमा कारोबार गरेर ल्याउने गरिएको छ । यसलाई रोक्न पनि समस्या बनाइरहेको छ । महिलाको तुलनामा पुरूषको संख्या बढी देखिएको छ । लागूऔषध दुव्र्यसनीमा महिला पनि छन् । मैलै करिब ३३ जनालाई उपचार गराइसकेको छु । महिलाको तुलनामा पुरूष बढी नै छन् ।
महिला ३५ प्रतिशत छन् भने पुरूष ६५ प्रतिशत छन् । लागूऔषध दुव्र्यसनीबाट बचाउन सबैभन्दा महत्वपूर्ण हात घर परिवारकै हुन्छ । तर घर परिवारले आफ्ना बालबालिकालाई समय दिएको पाइदैन् । अधिकांशले विद्यालय पठाएर औपचारिकता पूरा गरिरहनुभएको छ । तर विद्यालयभन्दा घरमा उ बढी हुन्छ ।
यस्तो अवस्थामा सचेत गराउने गरेको पाइदैन् । घरपरिवार सचेत भएपछि धेरै बालबालिका लागूऔषधको कुलतमा फस्ने थिएनन् । झन्पछि झन् जर्जर समस्या बन्ने थिएन । बालबालिका कुलतमा फस्दा घरपरिवार, समाज र राष्ट्र नै दुर्गतिको अवस्थामा पुग्छ । यसबारेमा घरपरिवारदेखि सबै सरोकारवाला निकाय जिम्मेवार हुनुपर्छ । पछिल्लो समय झन्पछि झन् चुनौतीको रूपमा देखिएको लागूऔषध दुव्र्यसनी रोक्नलाई सबै जिम्मेवार बनौँ ।