Monday, February 19, 2024
Homeखेलकुदअन्तरविद्यालय बास्केटबलमा गुरूकुल प्रथम

अन्तरविद्यालय बास्केटबलमा गुरूकुल प्रथम

- Advertisement -spot_img

घोराही, १८ मंसिर । घोराहीमा भएको बास्केटबल प्रतियोगितामा गुरूकल एकेडेमीले उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा गोरखा बोर्डिङलाई ६० अंकका विरूद्ध ७६ अंक लिएर गुरूकुल एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

घोराही उपमहानगर–पालिकाको खेलकुद विकास समितिको आयोजनामा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भएको हो । १२ गतेबाट भएको प्रतियोगिताको फाइनल खेल शनिबार भएको हो । विद्यार्थीहरूलाई खेल क्षेत्रमा विकसित गराउने तथा लोप हुँदै गएको महत्वपूर्ण खेल बास्केटबललाई बचाई राख्न र सँगसँगै शारीरिक फिट गराउने र खेलाडीहरूमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिए ।

शनिबार फाइनल खेलमा गुरूकुल एकेडेमीका यञ्जल चन्द उत्कृष्ट खेलाडि बन्न सफल भए भने विराज पुन राइजिङ स्टार बने । सामुदायिक र संस्थागत विद्यालयहरू बीच प्रतियोगिता गर्ने घोराही उपमहानगरपालिकाको निर्णयानुसार बास्केटबल प्रतियोगिता गरिएको हो । तर सामुदायिक विद्यालयहरूले भने भाग लिएका थिएनन् ।

यसैगरी संस्थागत सात विद्यालयबाट आठवटा समूह प्रतियोगितामा सहभागी भएका थिए । यि सबै समूहहरूलाई पछि पार्दै गुरूकुल एकेडेमीले उपाधि चुम्न सफल भएको हो । गुरूकुल एकेडेमीले जिल्लामा हुने धेरै जस्तो प्रतियोगितामा प्रथम उपाधि पाइसकेको छ । शिक्षा क्षेत्रमा अब्बल बनेको विद्यालय खेल क्षेत्रमा पनि अब्बल बन्दै गइरहेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान गरिएको थियो भने विजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । विजेता टिम गुरूकुल एकेडेमीको प्रशिक्षकमा बास्केटबल प्रशिक्षक राष्ट्रिय खेलाडी भूगोल कँवर मगर रहेका थिए भने प्रतियोगिता व्यवस्थापनमा अतिरिक्त विभाग संयोजक विशालमान श्रेष्ठ रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here