Friday, January 24, 2025
Homebreaking-newsरेडियोलोजिष्ट डाक्टरबिनै भिडियो एक्सरे, बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड

रेडियोलोजिष्ट डाक्टरबिनै भिडियो एक्सरे, बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड

- Advertisement -spot_img


जीतसागर जी.एम.
तुलसीपुर, १७ मंसिर ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का विशाल पुन पेटमा स्वास्थ्य समस्या देखिएपछि गत मंसिर ५ गते तुलसीपुरको एक मेडिकलमा आए । पेटमा बढी समस्या देखिएपछि उनले भिडियो एक्सरे गरे । भिडियो एक्सरेको रिपोर्टमा उनलाई एपेन्डिसको समस्या देखियो । डाक्टरले उनलाई तत्काल अप्रेसन गर्न सुझाव दिए । पेटको दुखाई धेरै थिएन, तर उनलाई छिटो अप्रेसन नभए जे पनि हुन सक्ने डाक्टरले सुझाए । उनले आर्थिक अभावका कारण तत्काल अप्रेसन गर्न सक्ने अवस्था भएन ।

त्यसपछि भोलिपल्पट उनी फेरि तुलसीपुरकै अर्को अस्पतालमा जाँच गराउन गए । अर्को अस्पतालमा भने अघिल्लो रिपोर्टजस्तो आएन् । उनलाई डाक्टरले सामान्य समस्या देखिएको भन्दै नआत्तिन सुझाव दिए । अनि सामान्य औषधि सेवन गरेपछि उनको स्वास्थ्य अवस्था अहिले ठिक छ । ‘अस्पताल पनि सबै विश्वासिला रहेनछन्’ उनले भने– ‘मैले झण्डै अप्रेसन गरेको थिएँ, यदि दोस्रो दिन अर्को अस्पतालमा जाँच नगरेको भए त, पैसा पनि जाने, ज्यानलाई दुःख हुनेरहेछ ।’

पछि उनलाई थाहा भयो कि ति अस्पतालमा भिडियो एक्सरे गर्ने डाक्टर नै अयोग्य रहेछन् । अर्थात् रेडियोलोजिष्टले गर्नुपर्ने भिडियो एक्सरे अरूले नै गरेका कारण उनको रिपोर्ट गलत देखिएको रहेछ । रोल्पाका जीत बहादुर घर्ती केही दिन श्रीमतीको उपचारका लागि तुलसीपुर आए । तुलसीपुरमा गर्भवती श्रीमतीको भिडियो एक्सरे गरेका उनलाई डाक्टरले ठूलो समस्या रहेको भन्दै नेपालगञ्ज रिफर गरे ।

तर नेपालगञ्जमा सामान्य अवस्थामै उनको श्रीमती प्रसूति भइन् । ‘तुलसीपुरको एउटा अस्पतालमा भिडियो एक्सरे गरेको थिएँ, डाक्टरले जटिल अवस्था भनेपछि नेपालगञ्ज लगेँ ।’ उनले भने– ‘नेपालगञ्जमा श्रीमतीले सामान्य अवस्थामै बच्चालाई जन्म दिइन् ।’ तुलसीपुरमा रेडियोलोजिष्ट डाक्टरभन्दा फरक भिडियो एक्सरे गर्ने गरेका कारण आफूजस्तै धेरै नागरिकले सास्ती पाएको उनले बताए । ‘मैले सास्ती पाएँ, अरूले पनि कति सास्ती पाएका होलान्’ उनले भने– ‘स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने गरेको छ ।’

तुलसीपुरमा पाँचजनामात्रै रेडियोलोजिष्ट डाक्टर रहेका छन् । त्यसबाहेकका स्वास्थ्य संस्थामा गैह्रकानुनी ढंगले बिरामीको भिडियो एक्सरे गर्ने गरिएको एक रेडियोलोजिष्टले बताए । ‘तुलसीपुरमा पाँचजनामात्रै रेडियोलोजिष्ट छन्’ उनले भने– ‘ति पाँचजना कार्यरत रहेको स्वास्थ्य संस्थाबाहेक अरूमा गैह्र कानुनीरूपमा बिरामीको भिडियो एक्सरे गर्ने गरिएको छ ।’

तुलसीपुरमा पाँचजनामात्रै रेडियोलोजिष्ट डाक्टर रहेका छन् । त्यसबाहेकका स्वास्थ्य संस्थामा गैह्रकानुनी ढंगले बिरामीको भिडियो एक्सरे गर्ने गरिएको एक रेडियोलोजिष्टले बताए ।


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा २३ को उपदफा २ (ग) को १ र २ मा नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका आधिकारिक रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्सरे गर्ने प्रावधान छ । तर तुलसीपुरमा केही बाहेक अधिकांश स्वास्थ्य संस्थामा अनधिकृत गैह्रकानुनी व्यक्तिबाट भिडियो एक्सरे गर्ने, उनीहरूले हस्ताक्षर गरेको रिपोर्टको आधारमा उपचार गर्ने गरिएको छ । तुलसीपुरमा दर्जन बढी स्वास्थ्य संस्था छन् ।

यसैबीच तुलसीपुरका अधिकांश स्वास्थ्य संस्थामा गैह्रकानुनी रूपमा भिडियो एक्सरे गर्ने गरिएको हुँदा नेपाल रेडियोलोजिष्ट एशोशियसन (एनआरए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत बुधबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्थामा नेपाल सरकारबाट इजाजत नलगी आफै पदधारण गरेको सोनोलोजिष्ट अर्थात् अनधिकृत चिकित्सकबाट भिडियो एक्सरे गरी उपचार गराउने गरिएकोले एनआरएले त्यसप्रति ध्यानाकर्षण जनाएको हो ।

एनआरएले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गम्भीर बन्न सम्बन्धित स्वास्थ्य संस्था तथा त्यस कार्यमा संलग्न चिकित्सकलाई आग्रह गरेको छ । कसैले पनि कानुनको दुरूपयोग गरी अनधिकृत गैरकानुनी रूपमा भिडियो एक्सरे गराउने कार्य गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारर्बाही हुने एनआरएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर तुलसीपुर क्षेत्रमा केही स्वास्थ्य संस्थामा रेडियोलोजिष्टबिनै भिडियो एक्सरे गर्ने गरिएकोले पनि सम्बधित बिरामीलाई सचेत हुन एनआरएले स्पष्ट पारेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here