Monday, November 11, 2024
Homebreaking-newsएक वर्षभित्र स्थायी आवास निर्माण गर्छौंः शर्मा

एक वर्षभित्र स्थायी आवास निर्माण गर्छौंः शर्मा

- Advertisement -spot_img
सल्यान, १७ मंसिर । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निर्माण गरिसक्ने बताएकी छन् । सल्यानको दार्मा गाउँपालिका–५ स्थित ढाकाडाम–कोटमा भूकम्प पीडितका लागि अस्थायी आवास तथा शौचालय निर्माणका स्वयम्सेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
‘भूकम्प प्रभावित बस्तीमा समय र लक्ष्य किटान गरेर एक वर्षभित्र स्थायी आवास निर्माण गरिने छ’ उनले भनिन्– ‘स्थानीय तहको नेतृत्वमा छिटोछरितो अभियानात्मक रूपमा भूकम्प प्रभावितको आवास निर्माण गरिने छ ।’ उनले समय किटान गरेर बस्ती किटान गरेर सरकार लागिरेहेको बताइन् । उनले स्थानीय तहको नेतृत्वमा छिटोछरितो र अभियानात्मक रूपमा भूकम्प प्रभावितको आवास निर्माण गरिने बताइन् । विपत्तिलाई शिक्षा र अवसरका रूपमा लिएर पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
‘जनताको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारले सेवाप्रवाहमा विशेष ध्यान दिएर काम गर्नुपर्छ’ उनले भनिन्–‘भूकम्प प्रभावितको जीवन सहज बनाउनु सेवासँग जोडिएको छ । नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन र सेवा प्रवाहको भएकाले स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने छ ।’
स्थानीय आवश्यकताको आधारमा योजना बनाउने काम स्थानीय तहको भएकाले स्थानीय सरकारले जति राम्रो योजना बनाउने र त्यसका आधारमा संघ तथा प्रदेशलाई  सहजीकरण गर्न सहज हुने उनको भनाइ छ । रोल्पा, रूकुम, सल्यानलगायतका जनयुद्धका आधार क्षेत्रले राज्य सत्ता परिवर्तनमा पु¥याएको योगदान स्मरणीय रहेको उल्लेख गर्दे मन्त्री शर्माले विपत्तिको समयमा सरकार जनताको साथमै रहेको बताइन् ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले तीनै तहको सरकार र जनताको सहभागितामा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण गरिने बताइन् । ‘भूकम्प प्रभावितको खोज उद्धारमा लिएको पहलकदमी अब पुनर्निर्माणमा पनि लिएर जनजीवन सहज बनाइने छ’ उनले भनिन्– ‘काम गर्दा केही कठिनाइ छन्, तर सहज बनाउने कोशिस छ ।’
सल्यान दार्मा गाउँपालिकामा गएको कार्तिक १७ गते गएको भूकम्पले दार्मा गाउँपालिका सल्यानमा ठूलो भौतिक क्षति गरेको छ । गाउँपालिकाभित्र रहेका एक हजार १ सय ७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने एक हजार ८१ घरमा आंशिक क्षति भएको छ । पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय, पाँचवटा स्वास्थ्य संस्था र तीनवटा वडा कार्यालयमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार पालिकाभित्रका दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।  पालिकामा रहेका एक हजार १ सय ७९ घरधुरीका ६ हजार ३ सय १८ जनसंख्या विस्थापित भएको छ । शनिबार सञ्चारमन्त्री शर्माले  सल्यानका विभिन्न स्थानमा आयोजना भएका कार्यक्रमलाई सम्बोधन गरेकी छन् ।
हरेक वडा केन्द्रमा इन्टरनेट
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पु¥याउने योजनालाई प्राथमिकतामा राखेको बताएकी छन् । नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई प्रत्यक्ष सेवाप्रवाह गर्ने सरकारको महत्वपूर्ण निकाय वडा भएकाले वडाको सेवाप्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताएकी हुन् ।
भूकम्प प्रभावित जाजरकोट र रूकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिदै उनले यसले सल्यानसहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने बताइन् । सल्यान, दाङ, रूकुमलगायत जिल्लाका लागि जीवनरेखाको रूपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक वर्षमा आवाश्यक बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
सङ्घीयताले जनताको घर नजिकमा सरकार पु¥याएको उल्लेख गर्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताइन् । त्यसका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताइन् । मन्त्री शर्माले सबै तहका सरकारबीच आवश्यक समन्वय नहुँदा एउटै योजनामा धेरै बजेट पर्ने र कुनै योजनामा बजेट नपर्ने समस्या हल गर्ने तयारी भइरहेको बताइन् ।
अब संघबाट पाँच करोडभन्दा कम बजेट विनियोजन नगर्ने विषयमा छलफल चलिरहेको पनि उनले जानकारी दिइन् । मन्त्री शर्माले स्थानीय आवश्यकताको आधारमा योजना बनाउने काम स्थानीय तहको भएकाले स्थानीय सरकारले जति राम्रो योजना बनाउँछ, त्यसका आधारमा संघ तथा प्रदेशलाई सहजीकरण गर्न सहज हुने बताइन् । कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीले गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here