Saturday, September 7, 2024
Homeमुख्य खबरलैंगिक हिंसाविरूद्ध १६ दिने अभियान, विद्यालयमा आत्महत्याविरूद्ध सचेतना

लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान, विद्यालयमा आत्महत्याविरूद्ध सचेतना

- Advertisement -spot_img


घोराही, १७ मंसिर ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा घोराहीका चारवटा विद्यालयहरूमा आत्महत्याविरूद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत सचेतना कार्यक्रम भएको हो ।

‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ मनाईरहेको अभियानअन्तर्गत नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिकाको चारवटा सामुदायिक विद्यालयहरूमा आत्महत्याविरूद्ध सचेतना कार्यक्रम गरिएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ को मावि डाँडागाउँ गोग्ली, घोराही उपमहानगरपालिका वडा नम्बर ६ को जयशेर मावि रावतगाउँ, घोराही उपमहानगर–पालिका वडा नम्बर १३ को बराहक्षेत्र मावि बनगाउँ र घोराही उपमहा–नगरपालिका वडा नम्बर १७ को मावि चौघेरामा सचेतना कार्यक्रम गरिएको हो ।

चार विद्यालयका तीन सय बढी बालबालिका एवं शिक्षकहरूलाई मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले प्रशिक्षण दिएकी थिइन् । आत्महत्या भनेको के हो ? आत्महत्याका कारणहरू, लक्षणहरू र न्यूनीकरणका उपायहरूका विषयमा कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा सहभागीहरू पछिल्लो समय समाजमा आत्महत्याका घटनाहरू बढ्दोमा मात्रामा रहेकाले यसको न्यूनीकरणका लागि सबै सचेत रहनुपर्ने बताएका थिए । मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्या बढिरहेकाले अभियानअन्तर्गत विद्यालय केन्द्रीय सचेतना कार्यक्रमहरू आयोजना गरिएको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी सुस्मीता विकले समुदायमा आत्महत्याको घटनाहरू बढिरहेको सुनेकाले यस विषयमा चेतनामूलक कार्यक्रम आयोजना गरेको संस्थालाई धन्यवाद दिइन् । उनले आफूहरूले बुझेको विषय विद्यालय, घर र समुदायमा बुझाउने समुदायमा गरेर सबैलाई बाँड्ने पनि बताइन् ।

अर्का विद्यार्थी प्राप्ती चौधरीले विद्यालयको नियमित पढाइसँगै यस्ता सचेतनामूलक कार्यक्रम हुन आवश्यक रहेको बताइन् । ‘हामीले आत्महत्या गर्ने व्यक्तिको परिवारलाई नराम्रो दृष्टिकोणले हेर्ने गथ्र्यौ, त्यो गलत गरिएको रहेछ भन्ने महशुुस गरे ।

मानिस कुनै न कुनै पिडा नभई उसको भावनालाई नबुझिदिनाले नै मानिसले आत्महत्या गर्न पुग्दो रहेछ’ उनले भनिन्– ‘मानिसको मनको भावना सुनिदिनुपर्छ, माया ममता दिनुपर्छ भन्ने बुझियो । यो समय सान्दर्भिक विषय छ । हामीहरूले यो विषयमा बुझन पाउदा एकदमै खुसी छौ ।’

अभियानअन्तर्गत अन्य विद्यालयहरूमा पनि कार्यक्रम आयोजना गरिने महिला सामुदायिक सुरक्षा जालो कार्यक्रमका संयोजक लिला शाहले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here