दाङ, १७ मंसिर ।
कलश बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कलश सहकारीले सहकारीका सबै सूचकको पालना गर्दै युवाहरूलाई समेटेर अघि बढेकोमा खुसी व्यक्त गरे ।
देशको आर्थिक अवस्था नाजुक रहेको समयमा पनि कलशले नविनतम बचत योजना र उत्पादनभूमि सहुलियत ऋण लगानी गरी देशको आर्थिक विकासमा टेवा पू¥याएको बताए । कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव शुक्रराज भण्डारीले सहकारीकै माध्यमबाट आयआर्जनमूलक क्षेत्रमा लगानी गरी स्वयम् शेयर सदस्यसँगै समाज र समग्र देशकै आर्थिक रूपमा टेवा पु¥याउने गरी लाग्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा सचिव विमल योगीले प्रगति, कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक, लेखा सुपरीवेक्षण उपसमितिका संयोजक गेहेन्द्र बस्नेतले लेखा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष नविन कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष विमल कुमार अधिकारी, घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम केसी, राष्ट्रिय सहकारी बैंकका प्रमुख डिल्लीराज दाहाल, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) फिल्ड कार्यालयका प्रमुख विष्णु जोशी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, संस्थाका संस्थापक तथा सल्लाहरकार साजिदा सिद्दिकी, शेयर सदस्य विष्णुप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता सुजन डाँगी, असल ऋणी खिमा बुढाथोकी, बाल बचतकर्ता दिव्या आचार्य, शेयर सदस्यबृद्धिमा योगदान गर्ने ज्योतीपुञ्ज आवासीय मावि, ज्येष्ठ शेयर सदस्यहरू चन्द्रप्रसाद चौधरी, तेज बहादुर खत्रीलगायतलाई सम्मान गरिएको थियो ।
यस्तै आव ०७९÷०८० मा सबैभन्दा धेरै संरक्षित पुँजी फिर्ता कोषको रकम पाउने माधव खनाल, हरिहर आचार्य, गुरूप्रसाद खनाल, मंगला राणा,कृष्णा खनाल, धुव्रराज पौडेल, कालिका अधिकारी, रूपलाल चौधरी, दिनेश गौतम, श्रीकान्त अधिकारीलाई सम्मान गरिएको थियो । साधारणसभामा संस्थाको स्थापना दिवसका अवसरमा रत्तदान गर्नेहरूलाई सम्मान गरिनुका साथै भाग्यशाली सदस्य छनौटबाट बिजेता भएकाहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका प्रेस सल्लाहकार हेमराज शर्माले सहजीकरण गरेको भाग्यशाली सदस्य छनौट कार्यक्रमबाट गिरिराज पोख्रेलले प्रथम, तेज कुमार पाण्डेले दोस्रो, नवीन चौधरीले तेस्रो र सूर्यप्रसाद पुन, सुशील लामिछाने, पृथ्वीप्रसाद बुढा, रेखा आचार्य, हिमा खत्री, शारदा शर्मा, दिनेश कुमार पटवा क्षेत्रीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विमल योगीले गरेका थिए भने धन्यवाद ज्ञापन संस्थाका सञ्चालक समितिक सदस्य ईश्वरी प्रसाद आचार्यले गरेका थिए ।