Thursday, September 5, 2024
Homeसाहित्ययात्रा (कविता)

यात्रा (कविता)

- Advertisement -spot_img


श्रीराम दहित


एक्लै हिड्न मजा आउँछ
उद्देश्य अनुसारका मार्ग खुल्छन्
अप्ठ्यारा मार्ग होउन् पहाड ठडिउन्
लक्ष्यमा हिड्दा अवश्य पुग्छन्

तेर्सो समथल मार्ग हुँदैन यात्रा
ठाडो उकालो मार्गमा सामना गर्नुपर्नेछ
सहज सरल सहयात्री मात्र हुँदैनन्
यहाँ करनि र कथनिसँग सामना गर्नुपर्नेछ

शिखर सुख्खा मरुभूमि गाउँ शहर जुनसुकै
पथ होस् भेडो नबनी गर्नुछ यात्रा
नदी जलासय दह समुन्द्रमा जसरी नि तैरिनु
पौडिनु छ जालभित्रको माछा नबनि गर्नुछ यात्रा

काँडाले चिथोरे पनि थचारिए पनि
ढुङ्गामा लक्ष्य शिरोधार्य गर्दै गर्नुछ यात्रा
टन्टलापुर गर्मी मुटु कपाउँने जाडो झरी
बादल अनि भोक तिर्खा जसरी नि गर्नुछ यात्रा

लक्ष्य एक छ प्रकृतिसँग जिस्किदै मुस्कुराउँदै
निश्पत्त अँध्यारोमा गर्नुछ यात्रा
कलियुगमा एक्लै जुध्नु हिँड्नुको बेग्लै आनन्द हुन्छ
लक्ष्य शब्दमा सीमित नराखी गर्नुछ यात्रा

यात्रीले यात्रा गरी रहदा प्रदर्शित हुन्छ दुरी शुन्यदेखि
असंख्यसम्म अशान्त शान्त भोग्दै लक्ष्यमा पुग्नुछ
सूर्य, चन्द्र, पृथ्वी, वायु, अग्नि अनि जल निरन्तर एकात्मक गतिमा
युगौं स्वतन्त्र निष्पक्ष द्वन्द रहित यात्रा लक्ष्यमा पुग्नुछ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here