Friday, February 23, 2024
Homeमुख्य खबरचुहावट रोके समृद्धिले गति लिन्छ : मास्की

चुहावट रोके समृद्धिले गति लिन्छ : मास्की

- Advertisement -spot_img

देउखुरी, १२ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्की राजेशले मुलुकको चुहावट रोकेमात्रै समृद्धिले गति लिने बताएका छन् । प्यूठानको सरूमारानी गाउँपालिका वडा नं.२ गनाहाखोलामा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै मन्त्री मास्कीले यस्तो बताएका हुन् ।

‘केन्द्र सरकारले सुशासन कायम गर्न खोजेको छ । तपाईहरूले हामीसँग धेरै विकास माग्नु भयो, ति विकास बजेट भएपछि मात्रै हामी दिन सक्छौं’ उनले भने– ‘त्यसका लागि हामीले चुहावट रोक्नुपर्छ, अहिलेको सरकारले त्यसको सुरूवात गरेको छ ।’ विगत सरकारले नदीनाला बेचेको, पैसाकै लागि देशको अस्मितासमेत बेच्न तयार हुँदा मुलुकमा आर्थिक संकट भएको भन्दै यसलाई रोक्न वर्तमान सरकारले सुशासनको सुरूवात गरेको मन्त्री मास्कीले बताए ।

अहिले भ्रष्टाचार गर्ने पूर्वउपप्रधानमन्त्री, देशका ठूला–ठूला कर्मचारी, ब्यापारीहरू जेलमा गएको भन्दै यो सरकारको सकारात्मक कदम भएको मन्त्री मास्कीको भनाइ छ । माओवादी नेतृत्वको सरकारले सुरूवात गरेको सकारात्मक कदमले देशमा सकारात्मक रक्तसञ्चार भएको समेत उनले बताए । ‘माओवादीले यो देशलाई गति दिन सक्छ, परिवर्तन र अधिकार स्थापित गर्न सक्छ, भन्ने भरोसा पैदा भएको छ’ उनले भने ।

साथै उनले रक्षानमा पुगिसकेको मुर्दालाई फार्काउन केही तत्वहरूले प्रयत्न गरिरहेको भन्दै यसमा जनताले प्रतिकार गर्नुपर्ने बताए । ‘केही तत्वहरूले व्यवस्थाविरूद्ध धावा बोल्न खोजेका छन्’ उनले भने– ‘यसलाई हामीले जोगाउनु पर्छ, जनताको बलिदानले ल्याएको गणतन्त्र उल्टाउने तागत कसैको पनि छैन ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here