सल्यान, ११ मंसिर । सल्यानको सिद्धकुमाख गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कम खेलकुद प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । दुई दिनसम्म भएको विभिन्न प्रतियोगितामा वडा २ पहिलो हुँदै उपाधि जितेको हो ।
पुरूष भलिबलमा वडा नम्बर १ प्रथम, वडा नम्बर २ द्वितीय र वडा नम्बर ३ तृतीय, महिला भलिबलतर्फ वडा नम्बर २ प्रथम, वडा नम्बर ५ द्वितीय र वडा नम्बर ३ तृतीय भएका छन् । लोक दोहोरीतर्फ प्रथम वडा नम्बर २, द्वितीय वडा नम्बर ३ र तृतीय वडा नम्बर ४ भए ।
यस्तै व्यक्तिगत विधातर्फ महिला खेलमा वेष्ट सर्भर वडा नम्बर ३ की शारदा बोहरा, वेष्ट डिफेन्डरमा वडा नम्बर ५ की सरिता बोहरा, वेष्ट सेन्टरमा वडा नम्बर २ की चेतना चलाउने, वेष्ट स्पाइकरमा वडा नम्बर २ की गंगा चलाउने, वेष्ट ब्लकरमा वडा नम्बर ५ की सीता खड्का र वेष्ट प्लेरमा वडा नम्बर २ कै सरीता रोका घोषित भए ।
पुरूषतर्फ वेष्ट सर्भरमा वडा नम्बर २ का वीरबहादुर चलाउने, वेष्ट डिफेन्डरमा वडा नम्बर १ का तिलक बस्नेत, वेष्ट सटरमा वडा नम्बर १ का नवराज बुढाथोकी, वेष्ट स्पाइकरमा वडा नम्बर ४ का अर्जुन रेउले र वेष्ट ब्लकरमा वडा नम्बर २ का कैलाश चलाउने र वेष्ट प्लेरमा वडा नम्बर १ का कमल बुढाथोकी घोषित भए ।
यस्तै पालिकाबाट छनोटमा परेका पुरूष भलिबलतर्फ वडा नम्बर १ का कमल बुढाथोकी, नवराज बुढाथोकी, तिलक बस्नेत, पुष्पकमल रोका, वडा नम्बर २ बाट कैलाश चलाउने, बीर बहादुर चलाउने गोविन्द विक वडा नम्बर ४ बाट अर्जुन रेउले, भरत परियार, भरत राना, वडा नम्बर ५ बाट मुकुन्द चलाउने र वडा नम्बर ३ बाट नेव बहादुर चलाउने रहेका छन् ।
महिला भलिबलतर्फ छनोट भएका खेलाडीहरूमा वडा नम्बर १ बाट सीता कुमारी बुढाथोकी, वडा नम्बर २ बाट सरीता रोका, चेतना चलाउने, गंगा चलाउने र सीमा बोहरा, वडा नम्बर ३ बाट शारदा बोहरा, करिश्मा बोहरा, सम्झना बोहरा, वडा नम्बर ४ बाट शुष्मा राना मश्मिता खड्का र वडा नम्बर ५ बाट सरीता बोहरा र सीता खड्का रहेका छन् । विजेता टोलीलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र कप प्रदान गरिएको छ । पाँचौँ अध्यक्ष कप वडा नम्बर १ को महेन्द्र आदर्श माध्यमिक विद्यालयमा हुनेछ ।