Monday, February 19, 2024
Homeखेलकुदललित स्मृति कप टु ए साईट खुला पुरूष भलिबल हुने

ललित स्मृति कप टु ए साईट खुला पुरूष भलिबल हुने

- Advertisement -spot_img
दाङ, १० कार्तिक । दाङको तुलसीपुरमा ललित स्मृति कप टु ए साईट खुला पुरूष भलिबल प्रतियोगिता–२०८० हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा सञ्चालन हुने प्रतियोगिता यही मंसिर २८ गतेदेखि शुरू हुनेछ ।
२०७७ असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक गङ्गादेव गाउँपालिका वडा नम्बर ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढा मगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २० बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु एरिले जानकारी दिए । साथै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार राखिएको एरिले जानकारी दिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here