मेरो सुन्दर मातृभूमिसँगको प्रेम
बालापन चुलबुलि थामेर थामिदैन
ज्यान फालि हिड्दैछु मातृभूमिको मार्गमा
नमानी लाज कसैको धम्कीले काँप्दिन
भाँडाकुटी डन्डीबियो खेल्दछु
नाच्दै खुसीले हुन्छु दङ्ग
विचार मिल्ने सहपाठीहरूसँग
मातृभूमि खुसी राख्न साट्दै उमङ्ग
चौरमा खेल्छु लात्तेभकुण्डो मातृभूमिको
छाती प्रेमले कुल्चदै रमाउँदै
मातृभूमिका सन्तान शिला
पत्थरमाथि चिप्लेती खेल्दै छु रमाउँदै
मातृभूमिसँंग प्रेमपान गर्दछु हाम फाल्दै
ज्यान समर्पित महिमा गाउँदैछु
जननी मातृभूमिलाई अनेकन बहानामा चिरहरण
गर्ने धोखेबाज सन्तान लाई चेतना जगाउँदैछु
संकोच कत्ति पनि छैन मलाई म लाठे हुँदा
सधैं बालापन मातृभुमि समिप
काम, क्रोध, लोभ, मोह र अहंकार छुटोस्
मेरो स्वर्गीय आनन्द सधैं बालापन मातृभुमि समिप
म नेपाली हुँ सन्तान हुँ मातृभूमिको
नाच्दैन अरूको इशारामा ताल फेर्दैन
सनातनि वंश हो मेरो नेपाली हुनुमा
लाग्छ गर्व मातृभुमिको तालमा नाच्दैछु फेरिदैन
मातृभूमि नेपालमा पसिना छर्न जानेको छु
फलाउने गर्छु मोती सरि अन्न
मातृभूमिको समान स्नेह छ सबैमा
स्वाबलम्बीहरूले उब्जाउँछन् तन्न अन्न
भोजन तयार हुँदैन कुराले चुलो बाल्नुपर्छ
आवश्यक जोहो गरी रासन
मातृभूमि नेपाललाई कलंकित बनाउँदै नेपाली
स्वाभिमान गुमाउँदै अनावश्यक भाषण