Tuesday, November 28, 2023
Homeसमाजबालमैत्री नगरको सूचक पूरा गर्दै ‘तुलसीपुर’

बालमैत्री नगरको सूचक पूरा गर्दै ‘तुलसीपुर’

- Advertisement -spot_img
तुलसीपुर, ५ मंसिर । दाङको तुलसीपुर उपमहागरपालिकालाई बालमैत्री नगर घोषणा गर्न तयारी थालिएको छ । बालमैत्रीका ५१ वटै सूचकहरू पूरा गर्नुपर्ने हुन्छ । बाल बचाऔँ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत विकास लगायतका आवश्यक सूचक पूरा गर्ने तयारीमा रहेको उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिईन् ।
‘बालमैत्री नगरका लागि आवश्यक सूचक अहिले ५० प्रतिशतमात्रै पूरा गरेका छौँ’ उनले भनिन्– ‘आधा पनि छिट्टै पूरा गर्ने गरी तयारीलाई अघि बढाएका छौँ ।’ सोमबार अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा गरिएको कार्यक्रममा बालविज्ञ नवराज लामिछानेले तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न आधा काम भएपनि अहिलेकै जनप्रतिनिधिको कार्यकालमा घोषणा हुनेमा विश्वस्त रहेको बताए ।
‘करिब आधा काम भएको छ, अझै आधा काम बाँकी छ’ उनले भने–‘तर अहिलेकै जनप्रतिनिधिको कार्यकालमा बालमैत्री नगर घोषणा हुन्छ भन्नेमा विश्वस्त छु । उनले पछिल्लो समय बालश्रम घट्दै गएपनि बालविवाह बढ्नुले पनि केही चुनौती थपिएको बताए । ‘बालश्रम केही भएपनि घट्दै गएको छ’ उनले भने– ‘पछिल्लो समय फेरि बालविवाह मुख्य चुनौतीको रूपमा देखिएको छ ।’
त्यस अवसरमा नगरप्रमुख टीकाराम खड्काले बालमैत्री नगर घोषणाका लागि आवश्यक सूचक पूरा गर्ने प्रक्रियामा रहेको बताए । ‘बालमैत्री नगर जतिसक्दो छिटो घोषणा गर्न सूचक पूरा गर्ने प्रक्रियामा छौँ’ उनले भने– ‘यसमा सबैको सहयोगको अपेक्षामा छु ।’ नगर बाल सञ्जाल तुलसीपुर, सिर्जना बाल क्लव मावि तुलसीपुर सेन्टर, न्यूसिपीसी तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाको आयोजनामामा सोमबार तुलसीपुरमा अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, महिला अधिकारकर्मी शुष्मा गिरी, फेडो दाङका अध्यक्ष युवा करारा, किशोरी सञ्जाल लुम्बिनी प्रदेश संयोजक सुमित्रा आचार्य, बाल सञ्जालका प्रतिनिधि शुभम देवकोटालगायतले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
 तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सिर्जना बाल क्लव मावि तुलसीपुर सेन्टरका सचिव भूपाल खडकाले गरेका थिए । त्यस अवसरमा मावि तुलसीपुर सेन्टर र मेट्रो कलेज तुलसीपुरका  विद्यार्थीहरूको सहभागिता रहेका थियो ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here