Thursday, September 5, 2024
Homeमुख्य खबर‘स्थानीय मदिरा ब्राण्डिङका लागि कानुन’

‘स्थानीय मदिरा ब्राण्डिङका लागि कानुन’

- Advertisement -spot_img

दाङ, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारले स्थानीयस्तरमा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्नका लागि कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार संघीय सरकारसँग समन्वय गरेर कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सरकारले स्थानीयस्तरमा उत्पादित पेयपदार्थ र मदिरालाई कानुन निर्माण गरी बजारीकरण गर्नका लागि दुई करोड बजेट बिनियोजन गरेको छ ।

सोही अनुसार कानुन निर्माणको प्रक्रिया अघि बढेको अर्थमन्त्री मास्कीले बताए  । ‘हामीले स्थानीयस्तरमा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्नका लागि संघीय सरकारसँग पनि समन्वय गरेका छौं’ उनले भने– ‘एउटा समिति नै बनाएर कानुन निर्माणको प्रक्रियालाई अघि बढाएका छौं ।’

संघीय अर्थमन्त्री, उद्योग मन्त्रीसहित प्रदेश सरकारको टोली सम्मिलित एउटा समिति बनाएर कानुन निर्माण प्रक्रिया अघि बढाएको मन्त्री मास्कीले बताए । हाल विदेशबाट रक्सी ल्याएर नेपाली बजारमा खपत गर्ने गरिएको भन्दै नेपालमै रक्सी उत्पादन गरेर बजारीकरण गरेमा बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहने भन्दै यो कार्य अघि बढाइएको उनको भनाइ छ ।

पहिलो चरणमा बाँकेस्थित राप्ती सोनारी गाउँपालिकाले मौवाबाट रक्सी उत्पादन गर्न थालेको समेत मन्त्री मास्कीले बताए । प्रदेशमा मौवा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालीगुराँस लगायतबाट मदिरा उत्पादन गर्ने तयारी रहेको छ ।
यसरी प्रदेश सरकारले रक्सी उत्पादन गरेर बजारीकरण गर्न थालेपछि प्रदेशका ७५ हजारले रोजगारी पाउने उनको भनाइ छ । ‘अहिले धेरै युवा जनशक्ति विदेश जाने गरेको छ, नेपालमा स्वरोजगारका अवसरहरू पनि पर्याप्त छैनन्’ उनले भने– ‘यो कानुन मात्रै निर्माण भएमा राम्रो जनशक्तिले नेपालमै रोजगार पाउनेछ ।’

नेपालमै उत्पादन हुने मदिराहरू अहिले विदेशबाट आयात गर्ने गरिएको भन्दै अब यसको अन्त्य हुनुपर्ने मन्त्री मास्कीले बताए । दाङ तुलसीपुर–३ मा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताएका हुन् । सोही अवसरमा तुलसीपुर–३ मा ६१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here