Wednesday, September 11, 2024
Homeसमाजप्रविधियुक्त एफटीटीएच सेवा

प्रविधियुक्त एफटीटीएच सेवा

- Advertisement -spot_img

घोराही, ५ मंसिर । दाङको पहाडी गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरिएको छ ।

सेवा विस्तारसँगै बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको ल्याण्डलाईन टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने भएको छ । टेलिकमले आइतबार बंगलाचुली गाउँपालिका–४ मा कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान, नेटवर्क विस्तारलगायतका काम गरेको हो ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका ईन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बंगलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीलगायतका गाउँहरूमा यो सेवा उपलब्ध हुनेछ ।
साथै क्रमश बंगलाचुलीका अन्य स्थानहरूमा यो सेवा विस्तार गरिने इन्जिनियर भण्डारीले जानकारी दिए । बंगलाचुली गाउँपालिकामा यही मंसिर ७ गतेबाट टेलिकमको फाइबर टु द होम एफटीटीएच सेवा प्रयोग गर्ने गरी तयारी थालिएको इन्जिनियर भण्डारीले जानकारी दिए ।

फाइबर टु द होम

(एफटीटीएच) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकैपटक तीनवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्चगतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटासमेत चलाउन सकिन्छ ।

एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको बताए । उनका अनुसार यो सेवा लिनका लागि वार्षिक ८ हजारदेखि २० हजार एक सय २२ सम्मको शुल्क लाग्ने छ ।

 

उनका अनुसार कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाईनेछ । बंगलाचुलीमा यो सेवा लिनेहरूलाई एक सय मिटर तार र राउटर टेलिकमले सित्तैमा दिने भएको छ । बंगलाचुली गाउँपालिकामा हालसम्म गुणस्तरिय सञ्चार सेवा नभएको अवस्थामा सञ्चार मन्त्री रेखा शर्माको पहलमा नेपाल टेलिकमको अत्याधुनिक प्रविधिको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार हुँदा आफूहरूलाई खुसी महसुस भएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here