Tuesday, November 28, 2023
Homeसमाजयुवा क्लवले शौचालय बनाउँदै

युवा क्लवले शौचालय बनाउँदै

- Advertisement -spot_img

सल्यान, ५ मंसिर । सल्यान छत्रेश्वरी–२ को दहखोलास्थित चमेरे गुफा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण कार्य सुरू भएको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै जान थालेपछि रूपान्तरण युवा क्लवले शौचालयको आवश्यकता महसुस गरी निर्माण कार्य सुरू गरेको हो ।

जस्तापाताको छाना लगाएर प्रयोग गर्न मिल्ने शौचालय निर्माण कार्य सुरू भएको जनाउँदै क्लवका अध्यक्ष विशाल पुन मगरले करिब ८० हजार रूपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार क्लवले सार्वजनिक शौचालय निर्माणका लागि आफ्नो कोषमा रहेको २० हजार रूपैयाँ लगानी गर्नेछ ।

अन्य रकम सङ्कलनको लागि जुटेको क्लवलाई शौचालय निर्माणको लागि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार हरि बिसीबाट २५ हजार रूपैयाँ सहयोग घोषणा भएको क्लवका अध्यक्ष पुन मगरले जानकारी दिए । यही मंसिर महिनासम्म शौचालय निर्माण सक्ने गरी आफूहरू लागि परेको उनको भनाइ छ ।

शौचालय शिलान्यास गर्दै छत्रेश्वरी–२ का वडा अध्यक्ष प्रेम नेपालीले सामाजिक काममा क्लव र युवाहरूको सक्रियता महत्वपूर्ण रहेको भन्दै शौचालय निर्माणका लागि आफूले पनि सक्दो सहयोगको प्रतिवद्धता जनाएका थिए । २०७८ सालमा स्थापना भएको रूपान्तरण युवा क्लवले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै आएको छ ।

केही दिनअघि मात्रै क्लवका सदस्यहरूले स्थानीय मोटरबाटो मर्मत सम्भारमा दुई दिन श्रमदान गरेका थिए । ओझेलमा परेको चमेरे गुफाको प्रचारप्रसार र संरक्षण तथा विकासको लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लवका अध्यक्ष पुन मगरले जनाए । प्राकृतिक रूपले मनोरम उक्त क्षेत्रमा विभिन्न स्थानबाट पिकनिकका लागि पनि मानिसहरू आउने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here