Sunday, December 15, 2024
Homeसमाजदेउसी भैलोको रकम भूकम्प पीडितलाई

देउसी भैलोको रकम भूकम्प पीडितलाई

- Advertisement -spot_img

सल्यान, ५ मंसिर । तिहारमा देउसी भैलो खेलेर उठेको रकम सल्यानका युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन् । देउसी भैलो खेलेर उठेको रकम खानपिनमा खर्चेर दुरूपयोग हुने भन्दै उनीहरूले उक्त रकम सामाजिक कार्यमा लगाएका हुन् ।

बागचौर नगरपालिका–९ कुयापानीमा रहेको स्टार युवा क्लवले देउसी भैलोबाट सङ्कलन भएको रकमको ८० प्रतिशत भूकम्प पीडितलाई सहयोग गरेको छ । गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको दार्मा गाउँपालिकामा पुगी भैलोबाट सङ्कलन भएको रकमबाट भूकम्प पीडितलाई सहयोग गरेको क्लवका सल्लाहकार प्रभाकर ओलीले बताए ।

उनका अनुसार देउसी भैलोबाट सङ्कलन भएको रकमबाट दार्मा भूकम्प पीडितलाई सहयोगार्थ ४० थान कम्बल, २० थान जग, २० थान थाली र १५ थान म्याट वितरण गरिएको बताए । विपत्तिमा सबैले सकेको सहयोगमा जुट्नुपर्ने भएकाले पीडितलाई थोरै भएपनि सहयोग होस् भनेर सहयोग गरेको ओलीले बताए ।

यस्तै शारदा नगरपालिका–१ पटनेरिका दुई समूहले तिहारमा सङ्कलन भएको रकम क्यान्सर पीडित र मृगौला पीडितलाई हस्तान्तरण गरेका छन् । पटनेरी निवासी क्यान्सर पीडित रूपा बुढाथोकीलाई २५ हजार, रिठ्ठा बहादुर खत्रीलाई १५ र मृगौला पीडित नवजार बोहरालाई ५ हजार रूपैयाँ हस्तान्तरण गरिएको सन्देश राईले जानकारी दिए ।

गतवर्ष पनि दुईजना पीडितलाई देउसी भैलोबाट सङ्कलन भएको रकम हस्तान्तरण गरेको बताउँदै यस वर्ष पनि रकम हस्तान्तरण गएको उनले जानकारी दिए । सङ्कलन भएको रकम फजुल खर्च गरेर सक्नुभन्दा उपचारको अभावमा छटपटाई रहेका बिरामीलाई सहयोग गर्नु उचित ठानेर विगतका वर्षहरूदेखि क्यान्सर पीडितलाई सहयोग गर्दै आइरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here