Sunday, December 15, 2024
Homeसमाजभूकम्प पीडितका लागि उवासंघको राहत

भूकम्प पीडितका लागि उवासंघको राहत

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ५ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघले कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भूकम्पबाट पीडितका लागि करिव चार लाख बराबरको राहत सामग्री पठाएको छ ।

संघले ४२ बोरा चामल, ११५ थान सिरक, ११५ स्थान डसना, ४२ पिस ठूलो ब्ल्याङ्केट, १५ पिस सानो ब्ल्याङ्केट, १ बोरा फुरनदाना, ४ पेटी चाउचाउ, २ पेटी बिस्कुट, १४ जोडा बच्चाको कपडा, २३ पिस लेडिज ज्याकेट र पिफ रोललगायत सामग्री पठाएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघले मुलुक विपत्मा परेका बेला सधै अग्रभागमा रहेको भन्दै संघले सञ्चालन गरेको भूकम्प पीडितका लागि राहत संकलनबाट संकलन राहत सामग्री जिल्ला प्रशासन कार्यालय दाङमार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाएको संघका अध्यक्ष बसन्त जोशीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here