तुलसीपुर,५ मंसिर । दाङको तुलसीपुरस्थित हात्तिखौवादेखि घोराही रोडसम्मको चारलेन सडक संरक्षणको जिम्मा रोटरी क्लव अफ तुलसीपुरलाई प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको १५औं कार्यपालिका बैठकले रोटरीलाई संरक्षणको जिम्मा दिएको हो ।
हात्तिखौवादेखि बरूवागाउँले कुलोसम्मको सडकबीचको ग्रिनबेल्ट संरक्षण, सम्बद्र्धन तथा हरियाली व्यवस्थापनको जिम्मा प्रदान गरिएको हो । सोही ठाउँको ग्रिनबेल्टलाई कुनै असर नगर्ने गरी रोटरी ग्रिन बेल्ट बनाउने रोटरीको तयारी छ । वडा नं. ५, ६ र ७ सँग समन्वय गरि उक्त ग्रिन बेल्ट निर्माण हुनेछ ।