कुनै समय तिहारको समयमा मादलको व्यापार खुबै हुन्थ्यो । देउसी–भैलो होस् या अन्य सांस्कृतिक कार्यक्रमको लागि मादलको बजार पछिल्लो समय खस्कदै गएको छ । ठूला–ठूला साउण्ड सिस्टम बजारमा भित्रिदा मादलको व्यापार सोंचेजस्तै छैन् । मादल बेचेर राम्रो आम्दानी लिने बादी समुदाय मादलको बिक्री नहुँदा उनीहरु भने चिन्तामा छन् । पछिल्लो समय मादलको बिक्री उत्साहजनक छैन्, तैपनि गुजारा चलाउने उपायमात्रै छ ।
हरेक वर्ष मादलको व्यापार खस्कदा कतिपय पलायन हुन थालेका छन् । पेशालाई निरन्तरता दिएकाहरु पनि मादल बनाउने पेशाबाट सन्तुष्ट छैन् । उनीहरुले कच्चापदार्थको अभावदेखि बजारीकरणमा समस्यामा झेलिरहेका छन् । राज्यले पनि बादी समुदायको मादल बनाउने पेशामा उचित लगानी गर्न सकेको छैन् । मादल बनाउनका लागि आवश्यक कच्चापदार्थ पाउनै मुस्किल छ । मादल बनाएपछि बिक्री गर्नै समस्या छ ।
मादलको व्यापार हुन छोडेपछि यो पेशामा निर्भरहरूलाई समस्या भएको छ भने मादल बनाउने परम्परागत पेशा परिवर्तन गर्नेहरू बढेका छन् । मादलको माग घटेपछि दैनिकी चलाउन पनि मुख्य समस्या छ । अनि पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था छ । मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ । दिपावली पर्व नजिकै गर्दा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था देखिएको छैन् । मादल नेपाली गीतसंगीतका लागि मात्रै नभएर तिहारमा खेलिने देउसी–भैलोको लागि महत्वपूर्ण मनिने बाजा हो । तर पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेशा नै संकटमा परेको हो । पछिल्लो समयमा भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमी आएको उनीहरुको गुनासो छ ।
मादल बनाउने पेशाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । बाजाहरु मध्येमै प्रमुख बाजाको संरक्षणमा राज्यको लगानी नहुँदा वादी समुदाय निराश छन् । चाडपर्वको समयमा समेत उत्साहजनक व्यापार नहुनुले उनीहरुमा निराशा छाएको छ । मादल बनाउन कच्चापदार्थको अभाव भोगेका उनीहरुले बजारीकरणमा समेत समस्या भोग्ने गरेका छन् । राज्यले मादलको बजारीकरणका लागि नीति बनाएर अघि बढ्नुपर्छ । स्थानीयस्तरमा पाइने कच्चापदार्थको उपलब्धतामा सहजता बनाउनुपर्छ ।