Sunday, April 21, 2024
Homeसाहित्यउज्यालो पर्व

उज्यालो पर्व

- Advertisement -spot_img

श्रीराम दहित

दियो उज्यालो प्रेम दीपको सबैमा छ पर्वको उल्लास
सनातन संस्कृति वैज्ञानिक तथ्य व्याप्त छ पर्वको उल्लास

जीवनको मिथ्या आडम्बर हामीबाट हट्ने छ आजै
मन मस्तिष्कमा रहेका गतिरोधहरू दीपले हटाउने छ आजै

पर्वको माध्यम सद्भाव जगाउनु छ भेदभाव छैन कसैसँग
जीवनमा दीपको उत्साह पर्वको सन्देश उमंग सबैसँग

देउसी–भैलोको स्वरमा ईश्वरको निवास हुन्छ विश्वास जागोस् सबैमा
ठेस नलागोस् शब्द देउसी–भैलोको कसैप्रति प्रीत बढोस् सबैमा

पर्वको उल्लास अनुभूति बोध गर्नु गराउनु आस्थावान सबैमा
ओझेलमा पर्न नजाओस् संस्कृति कारण नबनौं हामी सन्देश सबैमा

पर्वको प्रभाव दीपको माध्यमबाट सबैमा सकारात्मक परिवर्तन आउनेछ
जीवनको प्रियसी प्रकाश पुञ्ज अणुको रूपमा परिवर्तन लिइ आउनेछ

आदर्शको छलाङ्ग बनोस् पर्वको सु सन्देश जाओस् विश्व विस्तार होस्
प्रेम सद्भाव स्नेहपूर्वक टीका चन्दन लगाऔं पर्वको महिमा बढोस्

क्षमा, दया, सेवा, करूणा, सहकार्यको पर्व उल्लास उपवन बनोस्
सप्तरङ्गी टीका ग्रहणले उल्लासमय सप्त परिवर्तन जीवन उज्यालो बनोस्

उज्यालो रङ्गीन–संङ्गीन पर्वले आस्थावानहरूको अन्धकार सहजै हटाउने छ
वर्षिनेछ आस्थावानहरूलाई ईश्वरको अनुदान वरदान जीवन सार्थक बन्नेछ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here