Tuesday, November 28, 2023
Homeसमाजभूकम्प पीडितलाई ब्ल्याङ्केट

भूकम्प पीडितलाई ब्ल्याङ्केट

- Advertisement -spot_img


दाङ, २६ कार्तिक ।
भूकम्प प्रभावित नागरिकलाई डेरी व्यवसायी संघ दाङले एक लाख बराबरको राहत सामग्री सहयोग गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय दाङमार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकलाई राहत सामग्री सहयोग गरेको हो ।

संघले आफ्नो कोषमा जम्मा भएको एक लाख बराबरको १२१ थान ब्ल्याङ्केट जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग संघका अध्यक्ष ईश्वरी प्रसाद घिमिरेले जानकारी दिए । ‘भूकम्प प्रभावित नागरिकलाई थोरै भएपनि सहयोग होस् भन्ने साेंचका साथ एक लाख बराबरको ब्ल्याङ्केट सहयोग गरेका छौँ’ उनले भने– ‘यो अभियानमा साथ दिने सम्पूर्ण सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’ संघले राहत सामग्री जिल्ला प्रशासन कार्यालय दाङलाई बिहीबार हस्तान्तरण गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here