Tuesday, November 28, 2023
Homebreaking-newsदार्मा भूकम्प पीडित, आफ्नै घर पराइ जस्तो भयो

दार्मा भूकम्प पीडित, आफ्नै घर पराइ जस्तो भयो

- Advertisement -spot_img


हिमाल शर्मा
सल्यान, २५ कार्तिक ।
सल्यान दार्मा गाउँपालिका–२ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराइ जस्तै लागेको छ । घरभित्र जाउ भत्किएला भन्ने डर, नजाउ अन्नपातदेखि लत्ताकपडा भित्र छन् । घरपरिवारलाई के खुवाउने ? आज आएर आफ्नै घर पराई जस्तै भएको छ ।

गत शुक्रबार राती जाजरकोट केन्द्र भएर गएको भूकम्पमा घर भत्किदा खत्रीको पाँचजनाको परिवार खुला आकाशमुनि बस्न बाध्य छ । ‘राती भएपनि कसरी बाचिँयो थाहा छैन, अहिले रात कसरी कटाउने भनेर चिन्ता छ’ उनले भने– ‘साना छोराछोरी छन् । बाहिर सुतिरहेका छौं, छोराछोरीले जाडो भयो घर भित्र जाऔँ भन्छन । घर भत्किन्छ की भन्ने डरले त्रिपाल मुनी रात काट्न बाध्य छौँ ।’

त्रिपालभित्र बस्दा बिहान सिरक सितले भिज्ने गरेको उनको भनाइ छ । सितले भिजेका कपडा दिउँसो सुकाउने र साँझ फेरी त्यही ओढ्ने गरेको खत्रीले बताए । घर भत्किएको तीन दिन भइसक्दासमेत एक त्रिपालबाहेक अरू केही नपाएको उनको गुनासो छ । घरभित्र अन्नपात भएपनि केही अन्नपात पुरिएको र नपुरिएको पनि निकाल्न नसेको पीडितको भनाइ छ ।

खत्री जस्तै टेक बहादुर केसीको परिवार पनि खुला आकाशमुनि बस्दै आइरहेको छ । पाँच लाख ऋण निकालेर दुई वर्ष पहिले बनाएको घर भूकम्पले पुरै भत्काएपछि उनी अहिले घरबारबिहीन भएका छन् । पुरानो ऋण तिर्न नपाउँदै भूकम्पले घर पूर्णरूपमा भत्काइ दिएपछि त्रिपालमुनि बस्नु परिरहेको उनले बताए ।

उनले भने– ‘अब साना छोराछोरीलाई खुवाउने पैसा खोजौंकी ऋण तिर्ने पैसा खोज्नु ?’ यस्तै लिला खत्रीका तीनवटै घर भूकम्पले भत्काइदिएको छ । भएका तीनवटै घर भूकम्पबाट भत्काएपछि उनको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ । चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पीडाजस्तो अरू के होला र उनले भनिन् ।

खुला आकाशमा बस्नुको पीडा त छदैछ त्यो भन्दा अब अन्नपात पुरिएपछि अब के खाने ? भन्ने चिन्ताले सताउनसमेत थालेको छ । उनले भनिन्– ‘खाई नखाई घर बनाइयो तर सबै भूकम्पले लडाई हाल्यो अब कसको शरणमा गएर बस्ने ? दार्माका सात सय बढी घर परिवार खुला आकाशमा बस्न बाध्य छ्न । मानवीय क्षति नभए पनि भौतिक क्षति भने जाजरकोट र रूकुम पश्चिम बराबर नै भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

दार्माका १, २, ५ र ६ वडामा बढी क्षति भएको उनको भनाइ छ । उनले भने– ‘मानवीय क्षति नभए पनि धेरै भौतिक क्षति भएको छ ।’ भौतिक क्षतिको विवरण जाजरकोट र रूकुम मात्र आउँदा दार्मा देशभर ओझेलमा परेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here