Tuesday, November 28, 2023
Homebreaking-newsविद्यार्थी फित्ता लिएर जग्गा नाप्न गएपछि, व्यावहारिक ज्ञान सिकाउँदै हाम्रो पहुँच

विद्यार्थी फित्ता लिएर जग्गा नाप्न गएपछि, व्यावहारिक ज्ञान सिकाउँदै हाम्रो पहुँच

- Advertisement -spot_img

जीतसागर जी.एम.
तुलसीपुर, २३ कार्तिक । एउटा हातमा फित्ता । अर्को हातमा सिसाकलम र कापी । मंगलबार दिउँसो बोबिन भण्डारीले जग्गा नाप्दै गरेका भेटिए । उनी अमिन भने होइनन् । तर उनलाई जग्गाको नापबारे थाहा छ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका बोबिनले जग्गाको नापजाँच बारे सिकेका छन् ।

तुलसीपुर–६ मोतिपुर घर भएका भण्डारीले हाम्रो पहुँच माविले अतिरिक्त क्रियाकलापअन्तर्गत सञ्चालन गरेको अमिनसम्बन्धी तालिममा सहभागी भएपछि जग्गाको नापबारे सिकेका छन् । ‘दशैँतिहार बीचको बिदालाई सही ढंगले सदुपयोग गर्ने मौका पाए’ उनले भने– ‘जग्गाको नापजाँचबारे विद्यालयले सिकाउँदा म धेरै खुशी छु ।’

सल्यान घर भएका सुशान्त जीएम हाम्रो पहुँच माविमै कक्षा ९ मा पढ्छन् । उनले पनि जग्गाको परिमाण मात्रै होइन्, नापजाँचबारे सिकेका छन् । विद्यालयले सञ्चालन गरेको तालिममा जग्गाको परिमाण निकाल्नेबारे सिक्न पाएको उनले बताए । ‘जग्गा कसरी नाप्ने ? जग्गाको परिमाण कसरी निकाल्ने आदि कुरा जान्ने मौका पाएँ’ उनले भने– ‘दशैँतिहारको बीचमा मैले दैनिक जीवनमा आइपर्ने कुरा सिकेको छु ।’

जग्गा नापजाँचमात्रै नभई विद्युतसम्बन्धी हाउस वाइरिङ, ग्राफिक्स डिजाइन र गुडिया बनाउने कुराहरू पनि जान्ने मौका पाएको बताए । रोल्पा घर भएकी समीक्षा बिएम यसपालि दशैँतिहारको बिदामा घर गइनन् । विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्युत हाउस वाइरिङदेखि जग्गा नापाजाँचसम्मका तालिम सञ्चालन गरेकोले घरमा नगएर सिकेको उनको भनाइ छ ।

‘मैले गुडिया बनाउन सिकेको छु, जग्गा नापजाँचबारे सिकेको छु, विद्युत वायरिङ गर्ने तरिका सिकेको छु’ उनले भनिन्– ‘विद्यालयले हाम्रो दैनिक जीवनमा काम लाग्ने कुरा सिकाएको छ ।’ यस्तै सल्यानकी सुधा जीएमले पनि घरमा विद्युत बिग्रेमा बनाउन सक्ने शिक्षा पाएको बताइन् । ‘घरमा विद्युत बिग्रेमा बनाउन सक्ने भएको छु’ उनले भनिन्– ‘अनि जग्गाको परिमाण पनि निकाल्न सक्छु ।’

हाम्रो पहुँच माध्यमिक विद्यालयले कार्तिक १३ गतेदेखि २२ गतेसम्म विभिन्न तालिम सञ्चालन गरेको हो । विद्यालयले सञ्चालन गरेको तालिममा कक्षा ७ देखि १२ सम्मका विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताए । ‘विद्यार्थीलाई बजारमा टिक्ने र बिक्ने जनशक्ति उत्पादन गरिरहेका छौँ’ उनले भने–‘हामीले उत्पादन गरेको जनशक्ति जुनसुकै ठाउँमा पनि सजिलै काम गर्न सकोस् भन्ने सोँचका साथ किताबी ज्ञानमात्र नभएर बाहिरी ज्ञान पनि दिने गरेका छौँ ।’

उनले तिहार लगत्तै ‘गुड फ्राइडे’ अर्थात् हरेक हप्ताको शुक्रबार किताबभन्दा बाहिरको ज्ञान दिने गरी पाठ्यक्रम लागू गर्न लागेको बताए । ‘अहिले पनि भइरहेको छ, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप’ उनले भने– ‘अबदेखि हरेक नियमित गर्न थालेका छौँ ।’

विद्यालय सञ्चालक संस्था हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले हाम्रो पहुँच माविबाट उत्पादन भएका जनशक्तिले बाहिरी बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने बताए । ‘किताबको कुरामात्रै होइन्, बाहिरको ज्ञानमा दिने गरेका छौँ’ उनले भने– ‘दैनिक जीवनमा प्रयोग हुने सीप दिएर मात्रै जनशक्ति उत्पादन गछौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here