Tuesday, November 28, 2023
Homeसमाजपर्यटकीयलस्थलमा खाना सांस्कृतिक कार्यक्रम

पर्यटकीयलस्थलमा खाना सांस्कृतिक कार्यक्रम

- Advertisement -spot_img

दाङ, २३ कार्तिक । तुलसीपुर होटल व्यवसायी समितिले पश्चिम दाङका पर्यटकीयस्थलमा खाना सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । रैथाने खानाको प्रवद्र्धन गर्न र पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पु¥याउने उद्देश्यले पर्यटकीयस्थलमा खाना सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

तिहार सकिएलगत्तै पश्चिम दाङका प्रमुख पर्यटकीयस्थल पुरन्धारा छहरा, तुलसीपुरको चमेरेगुफा लगायतका ठाउँमा खाना सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको होटल व्यवसायी समिति तुलसीपुरका तुफान केसीले बताए । ‘रैथाने खानाको प्रवद्र्धन गर्न र पर्यटकीय–स्थलको प्रचारप्रसारका लागि खाना सांस्कृतिक कार्यक्रम गर्न लागेका छौँ’ उनले भने– ‘तिहार लगत्तै कार्यक्रम गर्नेछौँ, मिति अझै तोकिएको छैन् ।’

पर्यटकीयस्थलमा कार्यक्रम गरिसकेपछि माघमा माघी मिलन तथा रैथाने कार्यक्रम गर्ने सचिव केसीले बताए । कार्यक्रम गर्नका आवश्यक छलफल गर्न बुधबार तुलसीपुरमा बैठक बसेको हो । समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेको अध्यक्षता तथा लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीको प्रमुख आतिथ्यतामा भएको छलफलमा समितिले पर्यटन क्षेत्रको विकासका लागि पश्चिम दाङमा खाना सांस्कृतिक कार्यक्रम गर्ने प्रस्ताव अघि सारेको हो ।

त्यस अवसरमा कार्यकारी निर्देशक जोशीले यसबारेमाआफूहरू सकारात्मक रहेको बताए । ‘पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर छ’ उनले भने– ‘होटल व्यवसायसँग सहकार्य गरेर नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’ उनले प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा भएका पर्यटकीयस्थलको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउने योजनामा प्रदेश सरकार रहेको बताए ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here