रमा नेपाली
दाङ, २२ कार्तिक । एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएको छ । अत्यधिक ‘एन्टीबायोटिक’ प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिरोधात्मक क्षमतालाई ह्रास बनाउँदै गएको छ । विश्वव्यापी रूपमा गरिएको अध्ययनले ८० वर्षअघि प्रयोग भएका ‘एन्टीबायोटिक’ औषधि अहिले काम गर्ने अवस्थामा छैनन् । त्यसैले पनि सरकारले जथाभावी एन्टिबायोटिकको प्रयोगमा निरूत्साहित गर्ने योजना अघि सारेको छ ।
ब्याक्टेरिया, भाइरस र ढुसीजस्ता सुक्ष्मजीवविरूद्ध प्रयोग गरिने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सुक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।
नेपालमा एन्टिबायोटिक औषधिले पशु, कृषि र मानव जातिमा पु¥याएको असरका बारेमा गम्भीर बन्नुपर्ने बेला आएको चिकित्सकहरू बताउँछन् । सामान्य बिरामी हुँदा पनि धेरै औषधिको प्रयोग गर्ने र जथाभावी औषधि खानाले एन्टीबायोटिक औषधिको क्षमता कमजोर हँुदै गएको छ ।
खासमा मानव शरीरमा भएका सुक्ष्म जिवाणु मार्न र तिनीहरूको वृद्धि विकास रोक्नको लागि एन्टिबायोटिक औषधि प्रयोग गर्ने गरेको फिजिसियन डाक्टर ज्ञानेन्द्र पाण्डे बताए । ‘मानव शरीरमा भएका ब्याक्टेरिया, भाइरस, फंग्लस, प्रोटोजोवाजस्ता सुक्ष्म जीवाणुहरूमा प्रयोग गरिने औषधि नै एन्टिबायोटिक हो’ उनले भने– ‘यसमा पनि एन्टिबायोटिक रेसिस्टेन्स भन्नाले जुन कुनै बेला पनि औषधिले काम नगर्ने भनेर बुझ्न सकिने छ ।’
उनले औषधि प्रयोगबाट किटाणुमा कुनै परिवर्तन आएको वा प्रयोग गरिरहेको औषधिले काम नगरेको अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स भन्ने गरेको बताए । ‘एन्टिबायोटिक रेसिस्टेन्स भएमा रोग फैलिने जोखिम बढ्ने, बिरामीमा भएको ब्यक्तिको संक्रमणको कारणले स्वास्थ्य अवस्था झन जटिल बन्न सक्ने हुन्छ ।’ उनका अनुसार एन्टिबायोटिक रेसिस्टेन्स हुनुका मुख्य कारणमा औषधि, बिरामी, औषधि दिने व्यक्ति र वातावरण मानिन्छ ।
उचित समयमा सोहि बिरामीको संक्रमणको लागि अवधि पु¥याएर औषधि दिएको छ कि छैन् भन्ने बुझ्नुपर्ने, बिरामीले औषधि समय पु¥याएर खाएको छ कि छैन् बुझ्नु पर्ने अन्यथा बिरामीको ज्यानसमेत जान सक्ने उनले बताए । ‘जथाभावी औषधिको प्रयोग र बिक्रीले पनि रेसिस्टेन्स बढेको छ’ उनले भने– ‘मानव जीवनमा लाग्ने रोगहरूमा औषधिको गलत प्रयोग धेरै रेसिस्टेन्स बढेको छ ।’
जनावरहरूमा प्रयोग गरिने एन्टिबायोटिकले प्रत्यक्ष मानव जीवनमा असर गर्ने गरेको डाक्टर पाण्डेले बताए । जनावरको वृद्धि विकास गराउन औषधिको प्रयोग धेरै भएर पनि एन्टिबायोटिक रेसिस्टेन्सको खतरा बढेको उनले बताए । मानिसको जीवनशैली, सरसफाई, प्रयोगशालाका कारणले पनि एन्टिबायोटिक रेसिस्टेन्स भित्रिएको छ । किसानहरूले जथाभावी रूपमा प्रयोग गर्ने औषधिले पनि रेसिस्टेन्सको जोखिम बढेको छ ।
यसैगरी हाल विश्वमै एन्टिबायोटिक औषधि सुस्त महामारीको रूपमा देखापर्न थालेको छ । चिकित्सकको सल्लाहबिना आफूखुशी खाने औषधिले मानव स्वास्थ्यमा असर पार्दै गएको छ । एन्टिबायोटिक मानवले प्रयोग गरी वातावरणमा प्रदूषण हुने गरेको, जनावरहरूको प्रयोगले मानवमा असर हुने गरेको डा. पाण्डेले बताए ।
‘यसको अत्यधिक प्रयोगले गर्दा मानव, जनावर र वातावरणको चक्रीय प्रणालीमा समेत असर पर्दै गएको छ’ उनले भने– ‘सबै प्रकारका औषधिको असर हुने हुँदा डाक्टरको सल्लाहबमोजिम नै औषधिको प्रयोग गर्नुपर्छ ।’ जुनसुकै औषधि खाँदा पनि सामान्य असर देखिने र औषधि सकिएपछि विस्तारै असर हराउने उनले बताए । यस्तो अवस्थामा डराउनु नपर्ने उनी बताउँछन् । कुनै औषधिले जटिल समस्या निम्त्याउने भएकाले राम्रोसँग बुझेर मात्र औषधिको उचित प्रयोग गर्नुपर्ने उनले बताए ।
जटिल समस्यामा पनि कलेजो, मृगौला र रगतसँगै शरीरमा भएका अन्य अंगमा पनि समस्या निम्त्याउने भएकाले एन्टिबायोटिक औषधिको उचित प्रयोग गर्न उनले सुझाव दिए । एन्टिबायोटिक रेसिस्टेन्सको न्यूनीकरणका लागि जुन औषधि रेसिस्टेन्स भएको छ त्यसको प्रयोग नगर्ने, नयाँ एन्टिबायोटिक औषधिहरूको रिसर्च गरेर प्रयोगमा ल्याउनुपर्ने, रेसिस्टेन्सका डाटाहरूलाई समुदाय हँुदै राष्ट्रियस्तरमा यसको खोज गरी सावधानी उपनाउनुपर्ने, जथाभावी प्रयोग भएका औषधिलाई रोक्नुपर्ने र बिरामीलाई आँखा अगाडि औषधि खान दिने गर्नाले पनि रेसिस्टेन्सका जोखिमबाट बच्न सकिने फिजिसियन डाक्टर पाण्डेले बताए ।