Tuesday, November 28, 2023
Homeखेलकुदक्रिकेटको उपाधि वडा नं. ११ लाई

क्रिकेटको उपाधि वडा नं. ११ लाई

- Advertisement -spot_img

तुलसीपुर, २२ कार्तिक । तुलसीपुर नगरस्तरीय वडा नम्बर ११ अध्यक्ष कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर ११ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को आयोजनामा अमर मावि उरहरी खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा वडा नं. ७ लाई ७ विकेटले पराजित गर्दै आयोजक वडा नं. ११ ले उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै वडा नं. ११ ले नगद २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो । फाइनलमा हार ब्यहोरेको वडा नम्बर ७ उपबिजेतामा सीमित रहदै नगद १५ हजार, ट्रफी मेडल तथा प्रमाणपत्र ाप्त ग¥यो । टस जितेर ब्याटिङ रोजेको वडा नं. ७ ले ७३ रन बनाउँदै अलआउट भएको थियो । ७ नम्बरका लागि कप्तान गोपाल केसीले नटआउट २५ रन बनाएका थिए भने प्रताप स्वर्णकारले १२ रनको योगदान गरेका थिए ।

वडा नम्बर ७ लाई सस्तैमा रोक्नका लागि वडा नम्बर ११ का मनु शाहले सर्वाधिक ३ तथा सुधन बुढाथोकीले २ र कप्तान दिनेश रावतले १ विकेट लिएका थिए । ७४ रनको विजयी लक्ष्यसहित खेल मैदानमा उत्रिएको वडा नं. ११ ले १८ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । जसका लागि मनु शाहले सर्वाधिक २५ रनको योगदान दिए भने कप्तान दिनेश रावतले नटआउट २३ रनको योगदान दिए । वडा नम्बर ७ को लागि सन्दिप नेपालीले २ विकेट लिएका थिए ।

कार्तिक १६ गतेदेखि सञ्चालित प्रतियोगितामा तुलसीपुर उपमहानगरका ११ टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मनु शाह म्याच अफ द फाइनल घोषित भएका थिए भने ११ कै दिजन मल्ल इमर्जिंग प्लेयर तथा वडा नम्बर ७ का गोपाल केसी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूलाई जनही २ हजार ५ सय नगद तथा ट्रफीसहित पुरस्कृत गरिएको थियो ।

यसैबीच प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह वडा अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यमा भएको थियो । वडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राम बहादुर जिसी, खेलप्रेमी तथा उपमहानगरका ईन्जिनियर तथा रोटरी क्लव अफ तुलसिपुर सिटीका अध्यक्ष पवन कुमार योगी, दाङ जिल्ला क्रिकेट संघका सदस्य रूपेश शर्मा, दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत, नेपाली कांग्रेसका बालकृष्ण लामिछाने, नेकपा एमाले तुलसीपुर नगर कोषाध्यक्ष टोपेन्द्र बस्नेत सोमी चौधरी, युवा तथा खेलप्रेमी पूर्ण केसीलगायतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव पदम कुमार भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here